सोमबार, २६ असोज २०८३ सक्रिय अपडेट सक्रिय सिफारिस
ट्रेन्डिङ
#कांग्रेस पदाधिकारी#अनुजा अधिकारी आचार्य#रसुवाकी शिक्षिका#पृथ्वी राजमार्ग#दुईतर्फी यातायात सञ्चालन#बीपी राजमार्ग#पुनर्निर्मित सडकबाटै आवागमन#कवितासंग्रह#गीतिसंग्रह#सुदूरपश्चिम प्रदेश सरकार#बजेट प्रस्तुत#पाँच जना सम्पर्कविहीन#रवि लामिछाने#उद्धार र राहत#विनोद चौधरी#उपसभापति#दसैँघर #कांग्रेस पदाधिकारी#अनुजा अधिकारी आचार्य#रसुवाकी शिक्षिका#पृथ्वी राजमार्ग#दुईतर्फी यातायात सञ्चालन#बीपी राजमार्ग#पुनर्निर्मित सडकबाटै आवागमन#कवितासंग्रह#गीतिसंग्रह#सुदूरपश्चिम प्रदेश सरकार#बजेट प्रस्तुत#पाँच जना सम्पर्कविहीन#रवि लामिछाने#उद्धार र राहत#विनोद चौधरी#उपसभापति#दसैँघर
राजनीति

सरकार र प्रसाईंबीचको वार्ता निष्कर्षविहीन, पुन: छलफल हुँदै

सक्रिय न्युज संवाददाता सक्रिय न्युज संवाददाता · शुक्रबार, २ माघ, २०८२ मा प्रकाशित
सरकार र प्रसाईंबीचको वार्ता निष्कर्षविहीन, पुन: छलफल हुँदै
फाइल तस्बिर ।
काठमाडौं, माघ २ :

सरकार र  दुर्गा प्रसाईंबीचको पहिलो चरणको वार्ता निष्कर्षविहीन भएको छ । प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय सिंहदरबारमा प्रधानमन्त्रीको उपस्थितिमा दुई पक्षबीच वार्ता भएको थियो।

छलफलमा दुर्गा प्रसाईंले आफूविरुद्ध लागेका सबै मुद्दा फिर्ता लिनुपर्ने अडान राखेका थिए । प्रधानमन्त्री मन्त्रिपरिषद् बैठकमा सहभागी भएकाले त्यस गम्भीर रुपमा छलफल हुन बाँकी रहेको छ । स्रोतका अनुसार प्रसाईंको मागका विषयमा मन्त्रिपरिषद्‍मा पनि छलफल हुनेछ । मन्त्रिपरिषद् बैठक लगत्तै सरकार र प्रसाईंबीच पुन: छलफल हुँदैछ ।

सरकारले उनका मागबारे अध्ययन गर्ने समझदारी गर्दै समाज भड्काउने अभिव्यक्ति नदिनेलगायतका विषयमा सम्झौता गर्ने तयारी भएको छ । ‘राष्ट्र, राष्ट्रियता धर्म सँस्कृति र नागरिक बचाउन महाअभियान नेपाल’का संयोजक प्रसाईंले सरकारलाई यसअघि नै विभिन्न २६ बुँदे माग बुझाइसकेको छ ।

यो समाचार पढेर तपाईंलाई कस्तो लाग्यो ?

सम्बन्धित समाचार

थप समाचार