
काभ्रे, असोज १३ :
अविरल वर्षाका कारण आएको बाढी र पहिरोमा काभ्रेमा १५ जनाको मृत्यु भएको छ । अरू १८ जना बेपत्ता रहेका छन् ।
विभिन्न स्थानमा गएको बाढी र पहिरोमा परेर हालसम्म १५ जनाको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय काभ्रेले जनाएको छ ।
त्यस्तै, बाढी पहिरोमा परेर जिल्लाका विभिन्न स्थानका १८ जना बेपत्ता भएको छ । ७० जनाको उद्दार गरिएको प्रहरीले जनाएको छ ।