काठमाडौं, माघ ४ :

काठमाडौं महानगरपालिकाका प्रमुख बालेन्द्र शाहले तत्काल राजीनामा नदिने भएका छन् । 

प्रतिनिधिसभा निर्वाचनाका लागि उम्मेदवारी दिने तयारीमा रहेका शाहाको राजीनामा तत्कालका लागि होल्ड भएको उनका सल्लाहकार सुरेन्द्र बजगाईंले बताएका छन् ।शाह झापा-५ बाट चुनाव लड्ने तयारीमा छन् ।

उम्मेदवारी दर्तापछि कानुनी प्रावधानअनुसार स्वत: पद रिक्त हुने व्यवस्था भएको हुँदा त्यस बेलासम्म उनी पर्खने पक्षमा देखिएका छन्। उनका विश्वासपात्र मानिएका महानगर प्रहरी प्रमुख राजुनाथ पाण्डेले चुनाव लड्न भन्दै गरी दुई दिन अघि नै राजीनामा दिइसकेका छन् । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) सँग एकता गरेका शाहा आइतबारको बैठकमा सहभागी भएका छन् ।