सोमबार, २६ असोज २०८३ सक्रिय अपडेट सक्रिय सिफारिस
ट्रेन्डिङ
#कांग्रेस पदाधिकारी#अनुजा अधिकारी आचार्य#रसुवाकी शिक्षिका#पृथ्वी राजमार्ग#दुईतर्फी यातायात सञ्चालन#बीपी राजमार्ग#पुनर्निर्मित सडकबाटै आवागमन#कवितासंग्रह#गीतिसंग्रह#सुदूरपश्चिम प्रदेश सरकार#बजेट प्रस्तुत#पाँच जना सम्पर्कविहीन#रवि लामिछाने#उद्धार र राहत#विनोद चौधरी#उपसभापति#दसैँघर #कांग्रेस पदाधिकारी#अनुजा अधिकारी आचार्य#रसुवाकी शिक्षिका#पृथ्वी राजमार्ग#दुईतर्फी यातायात सञ्चालन#बीपी राजमार्ग#पुनर्निर्मित सडकबाटै आवागमन#कवितासंग्रह#गीतिसंग्रह#सुदूरपश्चिम प्रदेश सरकार#बजेट प्रस्तुत#पाँच जना सम्पर्कविहीन#रवि लामिछाने#उद्धार र राहत#विनोद चौधरी#उपसभापति#दसैँघर
राजनीति

खोला किनारबाट थप २० मिटर छाड्नुपर्ने संयुक्त इजलासको फैसला सर्वोच्चले उल्ट्यायो

सक्रिय न्युज संवाददाता सक्रिय न्युज संवाददाता · आइतबार, ४ माघ, २०८२ मा प्रकाशित
खोला किनारबाट थप २० मिटर छाड्नुपर्ने संयुक्त इजलासको फैसला सर्वोच्चले उल्ट्यायो
काठमाडौं, माघ ४ :

सर्वोच्च अदालतले खोला किनारबाट थप २०-२० मिटर छाड्नु पर्ने यसअघिको फैसला उल्टयाएको छ ।

न्यायाधीशहरु सुनिलकुमार पोखरेल, बालकृष्ण ढकाल र नृपध्वज निरौलाको आइतबारको इजलासले यसअघिको संयुक्त इजलासको फैसला उल्ट्याएको हो ।

२० मिटरमा थप २० मिटर नछाडेसम्म संरचना बनाउन नपाइने संयुक्त इजलासको फैसलालाई उल्ट्याएको हो । सो हदसम्म फैसला कानुन र न्यायसंगत नदेखिएको ठहर गरेको गरिएको छ । फैसला कार्यान्वयन गर्न नसकिने भन्दै सरकारका तर्फबाट तत्कालीन कानुन सचिव फडिन्द्र गौतमले फैसला पुनरावलोकनको निवेदन दिएका थिए । 

उपत्यकाको वागमती, विष्णुमतीलगायत नदी किनारामा २०–२० मिटर खाली छाडेर संरचना निर्माण गर्नुपर्ने २०८० पुस २० मा फैसला सुनाएको थियो ।

यसअघि सर्वोच्चको संयुक्त इजलासले मन्त्रिपरिषद्ले निर्धारण गरेको मापदण्डबाहेक नदी तथा खोलाको दायाँ र बायाँ थप २० मिटर छोड्नुपर्ने फैसला गरेको थियो । उक्त फैसलाविरुद्ध सरोकारवालाहरुले आज पनि माइतीघरमा प्रदर्शन गरे । उनीहरुले फैसला खारेज हुनुपर्ने भने पनि दायाँ-बाँया २० मिटर छाड्नुपर्ने फैसला भने कायमै राखेको छ ।

यो समाचार पढेर तपाईंलाई कस्तो लाग्यो ?

सम्बन्धित समाचार

थप समाचार