
फाइल तस्बिर ।
काठमाडौं, माघ ५ :
नेपाली कांग्रेसका नेता पूर्णबहादुर खड्का आशन्न प्रतिनिधिसभा निर्वाचनमा उम्मेदवारी नदिने भएका छन् । निवर्तमान कार्यवाहक सभापति खड्का सुर्खेत–१ बाट प्रतिनिधिसभा निर्वाचनका लागि सिफारिसमा परेका थिए ।
पार्टीमा विकसित पछिल्लो घटनाक्रमलाई देखाउँदै उनी आगामी फागुन २१ मा हुने निर्वाचनमा नलड्ने भएका हुन् । उनी निकट एक नेताका अनुसार खड्का पार्टीलाई जिताउन चुनाव प्रचार-प्रसारमा भने सक्रिय भई लाग्ने बताएका छन् ।
सर्वोच्च अदालतमा दाय गरेको मुद्दामा जुनसुकै फैसला आए पनि कांग्रेसलाई एकढिक्का बनाउन लाग्ने उनले आफूनिकट नेताहरूसँग बताएका छन् ।