
काठमाडौं, माघ ६ :
प्रतिनिधिसभा निर्वाचनका लागि काठमाडौँ- ५ बाट राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)का नेता कमल थापाले उम्मेदवारी दर्ता गराएका छन्। उनले आज बिहान निर्वाचन अधिकृतको कार्यालयमा पुगेर मनोनयनपत्र दर्ता गराएका हुन्।
आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि प्रत्यक्षतर्फ देशभरका १६५ वटै निर्वाचन क्षेत्रमा मनोनयन दर्ता हुँदैछ। उम्मेदवारी दर्ताका लागि आज बिहान १० देखि बेलुकी ५ बजेसम्मको समय तोकिएको छ।