काठमाडौं, माघ ६ :

आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि देशभर मनोनयन दर्ता प्रक्रिया सम्पन्न भएको छ। यसैक्रममा काठमाडौँ जिल्ला निर्वाचन क्षेत्र नम्बर २ मा कुल २८ जनाले उम्मेदवारी दर्ता गराएका छन्।

कागेश्वरी मनोहरा नगरपालिकास्थित जिल्ला निर्वाचन कार्यालयमा विभिन्न राजनीतिक दलका १७ जना र ११ जना स्वतन्त्र उम्मेदवारले निर्धारित समयभित्र मनोनयन दर्ता गराएका हुन्। निर्वाचन आयोगले विभिन्न स्थानमा निर्वाचन कार्यालय स्थापना गरेकाले उम्मेदवारलाई मनोनयन दर्ता गर्न सहज भएको बताइएको छ।

काठमाडौँ–२ का उम्मेदवारहरूको विवरण यसप्रकार छः

नेपाली कांग्रेसबाट कविर शर्मा, नेकपा एमालेबाट मणिराम फुयाल, नेपाली कम्युनिष्ट पार्टीबाट नितेश पौडेल, राष्ट्रिय स्वतन्त्र पार्टीबाट सुनिल केसी र राष्ट्रिय प्रजातन्त्र पार्टीबाट कुन्तीदेवी पोख्रेल (उपाध्याय) उम्मेदवार रहेका छन्।

यस्तै, नेपाल कम्युनिष्ट पार्टी (संयुक्त)बाट उपेन्द्र कार्की, नेपाल मजदुर किसान पार्टीबाट शर्मिला माली, प्रगतिशील लोकतान्त्रिक पार्टीबाट बालचन्द्र श्रेष्ठ, जय मातृभूमि पार्टीबाट आनन्द सिंखडा, नेपाल कम्युनिष्ट पार्टी (माओवादी)बाट प्रकाश बुढाथोकी, आम जनता पार्टीबाट तिलक बहादुर मगर, उज्यालो नेपाल पार्टीबाट पवन पोखरेल र राष्ट्रिय परिवर्तन पार्टीबाट अनुप बोहरा उम्मेदवार बनेका छन्।

अन्य दलतर्फ श्रम संस्कृति पार्टीबाट मुकुन्द कार्की, राष्ट्रिय मुक्ति पार्टी नेपालबाट नर्वदा कुमारी भट्टराई र त्रिमुल नेपालबाट कृष्णबहादुर खत्री उम्मेदवार छन्।

यसैगरी स्वतन्त्र उम्मेदवारका रूपमा रुपक सिंखडा, राजकुमार श्रेष्ठ, अर्जुन ढुंगाना, तीर्थराज पौडेल, टप बहादुर थापा, त्रिलोक बहादुर चन्द, वीरेन्द्र कुमार साह, सीता तिवारी, मंजु लामा, विश्वास बस्नेत, इरा श्रेष्ठ र रुपक बस्ताकोटीले मनोनयन दर्ता गराएका छन्।