
नेपाली कांग्रेसका सभापति गगन थापाले परिष्कृत कांग्रेसमार्फत समुन्नत देश निर्माणका लागि पूर्ण प्रतिबद्ध रहेको बताएका छन् । बुधबार सामाजिक सञ्जालमार्फत थापाले यस्तो धारणा व्यक्त गरेका हुन् ।
आफ्नो नेतृत्वमा ‘परिष्कृत कांग्रेस’ बनेको उनको भनाइ छ । प्रतिनिधिसभाको प्रत्यक्ष तर्फ उम्मेदवारी दर्ता गरेको भोलिपल्ट फेसबुक मार्फत समुन्नत देश निर्माणको प्रतबद्धता व्यक्त गरेका हुन् ।
विशेष महाधिवेशनबाट सभापति चयन भएका थापा नेतृन्वको कांग्रेसलाई निर्वाचन आयोगले मान्यता दिइसकेको छ भने सर्वोच्चले पनि आयोगको निर्णय बदर गर्न माग गर्दै दायर रिटमा सर्वोच्चले मंगलबार अन्तरिम आदेश दिन अस्वीकार गरेको छ ।
सर्वोच्चको आदेशपछि उनले यस्तो प्रतिबद्धता सार्वजनिक गरेका हुन् । सभापति थापाले भनेका छन्, ‘हामी परिष्कृत कांग्रेसमार्फत समुन्नत देश निर्माणका लागि पूर्ण प्रतिबद्ध छौँ।’
यसपटक उनले पूरा नेताहरुलाई विश्राम दिँदै नयाँ र युवाहरुलाई उम्मेदवार बनाएका छन् । उनको यो शैलीले आशा र विश्वास टुटेको कांग्रेसमा झिनो आशा पलाएको राजनीतिक विश्लेषकहरु बताउँछन् ।