
काठमाडौँ- इजरायली सेनाको आक्रमणमा इरानमा मारिएका हमासका उच्च नेता स्माइल हानियहको अन्तिम संस्कारमा हजारौँ इरानी नागरिक सहभागी भएका छन ।
इरानको राजधानी तेहरानमा हजारौँ मानिसहरु आक्रोशित हुँदै शव यात्रामा निस्किएका हुन ।
हानियहको इजरायली एअर फोर्सले इरानमा हत्या गरेको थियो । हमासका शीर्ष नेता मानिने हानियह इजराजयल र प्यालेष्टानबीचको युद्ध अनत्यका लागि मध्यस्थताको भूमिका निर्वाह गरिरहनुभएको थियो ।
हानियहको हत्यापछि हमासले इजरायललाई प्रतिशोध साँध्ने चेतावनी दिएको छ। तर इजरायलले भने हानियहको हत्याको बारेमा कुनै प्रतिकृया दिएको छैन ।
यता अमेरिकाले चाहिँ नेता हानियहको हत्याको बारेमा आफूलाई कुनै जानकारी नभएको प्रतिकृया दिएको छ।