शनिबार, १४ कात्तिक २०८३ सक्रिय अपडेट सक्रिय सिफारिस
ट्रेन्डिङ
#सबै पत्रकार रिहा#कागेश्वरी मनोहरा#काठमाडौंमै तेस्रो स्थानमा#वार्षिक स्वास्थ्य समीक्षा#पाँच सय कन्टेनर थन्किए#प्रधानमन्त्रीको सचिवालय#तत्काल रिहा गर्न प्रधानमन्त्रीको निर्देशन#प्रेस काउन्सिलको गम्भीर ध्यानाकर्षण#डीडीसीका तत्कालीन महाप्रबन्धक#सञ्जीव झा पक्राउ#निरन्तर वर्षा#बाक्लो हिमपात#नेप्से परिसूचक#सामान्य अङ्कले घट्यो#एनप्याब्सन#सरकारद्वारा निलम्बन#सोलुखुम्बुको होटलमा आगलागी #सबै पत्रकार रिहा#कागेश्वरी मनोहरा#काठमाडौंमै तेस्रो स्थानमा#वार्षिक स्वास्थ्य समीक्षा#पाँच सय कन्टेनर थन्किए#प्रधानमन्त्रीको सचिवालय#तत्काल रिहा गर्न प्रधानमन्त्रीको निर्देशन#प्रेस काउन्सिलको गम्भीर ध्यानाकर्षण#डीडीसीका तत्कालीन महाप्रबन्धक#सञ्जीव झा पक्राउ#निरन्तर वर्षा#बाक्लो हिमपात#नेप्से परिसूचक#सामान्य अङ्कले घट्यो#एनप्याब्सन#सरकारद्वारा निलम्बन#सोलुखुम्बुको होटलमा आगलागी
समाचार

पशुपति क्षेत्र विकास कोषद्वारा महाशिवरात्रि तयारी

सक्रिय न्युज संवाददाता सक्रिय न्युज संवाददाता · बिहीबार, ८ माघ, २०८२ मा प्रकाशित
पशुपति क्षेत्र विकास कोषद्वारा महाशिवरात्रि तयारी
फाइल तस्बिर ।
काठमाडौं, माघ ८ :

पशुपति क्षेत्र विकास कोषले यस वर्षको महाशिवरात्रि पर्वको तयारी सुरु गरेको छ । तयारीका लागि कोषले अनौपचारिक छलफलसहित सेवा शिविर सञ्चालन गर्न चाहने धार्मिक, सांस्कृतिक, सामाजिक, शैक्षिक एवं औद्योगिक सङ्घ संस्थाका लागि सूचना आह्वान गरेको छ ।

कोषले आज सूचना सार्वजनिक गरी महाशिवरात्रिमा देश विदेशबाट आउने साधुसन्त, भक्तजन तथा तीर्थयात्रीका लागि निःशुल्क रुपमा भोजन, आवास, पिउने पानी, स्वास्थ्य सेवा, स्वयंसेवक सेवालगायतका विभिन्न प्रकारका सेवा शिविर सञ्चालन गरी सेवा प्रदान गर्न इच्छुक धार्मिक, सामाजिक, शैक्षिक, औद्योगिक सङ्घ–संस्था एवं प्रतिष्ठानबाट निवेदन आह्वान गरिएको सूचना अधिकारी अनिता भट्टले जानकारी दिइन् । सेवा सञ्चालन गर्न चाहने सङ्घ–संस्थाले सम्बन्धित जिल्ला प्रशासन कार्यालय वा नेपाल सरकारबाट प्रचलित कानुनबमोजिम दर्ता तथा नवीकरण भएको प्रमाणपत्रको प्रतिलिपिसहित निवेदन आह्वान गरिएको उनले सुनाइन् ।

संस्थाहरुले सेवाको प्रकृति, सङ्ख्या, सेवा शिविर  सञ्चालन हुने अवधिलगायतका आवश्यक विवरण स्पष्ट रुपमा उल्लेख गरी माघ २० गतेभित्र प्राप्त हुने गरी कोषले आवेदन आह्वान गरेको हो । माघ २० गतेभित्र उल्लेख गरिएको विवरणसहित आवेदन पेस नगर्नेलाई शिविर सञ्चालनको स्थान उपलब्ध गराउन तथा सेवा कार्यमा सहभागी गराउन नसकिने पनि सूचना अधिकारी भट्टले बताइन् ।

धार्मिक, सांस्कृतिक तथा ऐतिहासिक सम्पदाले भरिपूर्ण सुन्दर, शान्त र आध्यात्मिक केन्द्र पशुपति क्षेत्रमा महाशिवरात्रि पर्व २०८२ लाई सभ्य, भव्य तथा दिव्य रुपमा सम्पन्न गर्न सबैको सक्रिय सहभागिताका लागि पनि कोषले सबैमा अपिल गरेको छ । यस वर्षको महाशिवरात्रि पर्व रात्रिमा फाल्गुनकृष्ण चतुर्दशी परेको दिन आगामी फागुन ३ गते आइतबार परेको नेपाल पञ्चाङ्ग निर्णायक विकास समितिले स्वीकृति दिएका पात्रो (पञ्चाङ्ग) मा उल्लेख छ ।

यो समाचार पढेर तपाईंलाई कस्तो लाग्यो ?

सम्बन्धित समाचार

थप समाचार