सुर्खेत, माघ ९ :

कर्णाली प्रदेशसभाको दोस्रो कार्यकालको हिउँदे अधिवेशन माघ १८ गतेदेखि सुरु हुने भएको छ । अधिवेशन आह्वानका लागि कर्णाली प्रदेश सरकारको मन्त्रिपरिषद् बैठकले प्रदेश प्रमुख यज्ञराज जोशीसमक्ष सिफारिस गरेको छ ।  

आज बसेको मन्त्रिपरिषद् बैठकले आगामी माघ १८ गते आइतबार दिनको १ बजे प्रदेशसभा बैठक बस्ने गरी अधिवेशन आह्वानका लागि प्रदेश प्रमुखसमक्ष सिफारिस गर्ने निर्णय गरेको प्रदेश सरकारका प्रवक्ता एवं भूमि व्यवस्था, कृषि तथा सहकारीमन्त्री विनोदकुमार शाहले जानकारी दिए । यसअघि छैटौँ अधिवेशन गत साउन २१ गते अन्त्य भएको थियो ।