मंगलबार, १० कात्तिक २०८३ सक्रिय अपडेट सक्रिय सिफारिस
ट्रेन्डिङ
#प्रदीप पौडेल#कांग्रेस महामन्त्री#स्वीप अपरेसन#कागेश्वरी मनोहरा नगर अस्पताल#सार्वजनिक सुनुवाइ#लुम्बिनी लायन्स#विजयी सुरुआत#नेपाल आयल निगम#एनपीएल तेस्रो सिजन#सुदूरपश्चिम रोयल्स#खराब सुरुवात#पूर्वराष्ट्रपति विद्यादेवी भण्डारी#भक्तपुरका बाटोबाटोमा धान#स्कार्पियो दुर्घटना#कालिगण्डकी करिडोर#दोबा पुल #प्रदीप पौडेल#कांग्रेस महामन्त्री#स्वीप अपरेसन#कागेश्वरी मनोहरा नगर अस्पताल#सार्वजनिक सुनुवाइ#लुम्बिनी लायन्स#विजयी सुरुआत#नेपाल आयल निगम#एनपीएल तेस्रो सिजन#सुदूरपश्चिम रोयल्स#खराब सुरुवात#पूर्वराष्ट्रपति विद्यादेवी भण्डारी#भक्तपुरका बाटोबाटोमा धान#स्कार्पियो दुर्घटना#कालिगण्डकी करिडोर#दोबा पुल
समाचार स्वास्थ्य

कागेश्वरी मनोहरा नगर अस्पतालले सेवा सुधारबारे कात्तिक १५ गते सार्वजनिक सुनुवाइ गर्दै

अस्पताललाई प्रदेशकै नमुना स्वास्थ्य संस्थाका रूपमा विकास गर्ने लक्ष्य : मेयर कार्की
सक्रिय न्युज संवाददाता सक्रिय न्युज संवाददाता · २९ मिनेट अगाडि प्रकाशित
कागेश्वरी मनोहरा नगर अस्पतालले सेवा सुधारबारे कात्तिक १५ गते सार्वजनिक सुनुवाइ गर्दै
काठमाडौं, कात्तिक १० :

कागेश्वरी मनोहरा नगर अस्पतालले सेवा प्रवाहलाई प्रभावकारी, पारदर्शी र नागरिकमैत्री बनाउने उद्देश्यले आगामी कात्तिक १५ गते सार्वजनिक सुनुवाइ कार्यक्रम आयोजना गर्ने भएको छ।

अस्पतालका कार्यकारी निर्देशक रामप्रसाद पौडेलका अनुसार कार्यक्रम आइतबार दिउँसो १ बजे कागेश्वरी मनोहरा नगरपालिकाको सभाहलमा हुनेछ। कार्यक्रममा अस्पतालको सेवा प्रवाह, निर्माणाधीन भौतिक संरचना, मोड्युलर अपरेसन थिएटर निर्माण तथा १०० शय्याको जनरल अस्पताल सञ्चालनका लागि भइरहेका प्रयासबारे नागरिकलाई जानकारी गराइनेछ।

सार्वजनिक सुनुवाइमा सहभागी नागरिकले अस्पतालको सेवा, पूर्वाधार विकास तथा व्यवस्थापनसम्बन्धी जिज्ञासा, सुझाव र गुनासा राख्न सक्नेछन्। सहभागीका प्रश्न तथा गुनासाको सम्बन्धित अधिकारीहरूले जवाफ दिने कार्यक्रम रहेको अस्पताल प्रशासनले जनाएको छ।

अस्पतालको समग्र विकास, स्तरोन्नति तथा सेवा सुधारका लागि नागरिकको सहभागिता महत्त्वपूर्ण हुने भन्दै प्रशासनले जनप्रतिनिधि, स्वास्थ्य विज्ञ, बुद्धिजीवी, समाजसेवी, सामाजिक संस्थाका प्रतिनिधि, पत्रकार तथा सर्वसाधारणलाई सार्वजनिक सुनुवाइमा उपस्थित भई सुझाव दिन आग्रह गरेको छ।

अस्पतालले आगामी छ महिनाभित्र शल्यक्रिया सेवा सञ्चालनमा ल्याउने लक्ष्य राखेको छ। त्यस्तै, अस्पताललाई १०० शय्यामा स्तरोन्नति गरी आधुनिक शल्यक्रिया कक्ष, प्रसूतिगृह, सघन उपचार कक्ष (आईसीयू), नवजात शिशु सघन उपचार कक्ष (एनआईसीयू), डायलासिस, ट्रमा सेन्टर तथा इमेजिङ सेवा विस्तार गर्ने योजना अघि बढाइएको छ।

नगरप्रमुख उपेन्द्र कार्कीले अस्पताललाई प्रदेशकै नमुना स्वास्थ्य संस्थाका रूपमा विकास गर्ने लक्ष्यसहित सेवा तथा पूर्वाधार विस्तारका काम अघि बढाइएको जानकारी दिए। उनका अनुसार अस्पतालमा उच्च गुणस्तरीय उपकरण र दक्ष चिकित्सकमार्फत १९ भन्दा बढी विशेषज्ञ सेवा उपलब्ध गराइँदै आएको छ। 

हाल २४ घण्टै आकस्मिक सेवा सञ्चालनमा रहेको अस्पतालबाट दैनिक एक हजारभन्दा बढी बिरामीले सेवा लिइरहेका छन्। सार्वजनिक सुनुवाइमार्फत नागरिकका अपेक्षा र गुनासा सम्बोधन गर्दै अस्पतालको सेवा प्रवाहलाई थप जवाफदेही र पारदर्शी बनाउने अपेक्षा गरिएको छ।

यो समाचार पढेर तपाईंलाई कस्तो लाग्यो ?

सम्बन्धित समाचार

थप समाचार