सोमबार, २६ असोज २०८३ सक्रिय अपडेट सक्रिय सिफारिस
ट्रेन्डिङ
राजनीति

मधेस-काठमाडौंको सेतु बन्न सर्लाही–४ रोजेँ : सभापति गगन थापा

सक्रिय न्युज संवाददाता सक्रिय न्युज संवाददाता · सोमबार, १२ माघ, २०८२ मा प्रकाशित
मधेस-काठमाडौंको सेतु बन्न सर्लाही–४ रोजेँ : सभापति गगन थापा
सर्लाही, माघ १२ :

 नेपाली कांग्रेसका सभापति गगन थापाले मधेससँगको सम्बन्ध अझ प्रगाढ बनाउने उद्देश्यले सर्लाही–४ बाट प्रतिनिधिसभा निर्वाचनमा उम्मेदवारी दिएको बताएका छन्। सोमबार निर्वाचन क्षेत्र पुगेका सभापति थापाले भिडियो सन्देश जारी गर्दै मधेससँग चुनावी यात्रामार्फत झन् नजिकिन चाहेको स्पष्ट पारे।

उत्तेजनाको राजनीतिमा आफूले विश्वास नगर्ने उल्लेख गर्दै उनले मधेसका आवाज काठमाडौंमा र काठमाडौंका कुरा मधेसमा पुर्‍याउने आफ्नो चाहना रहेको बताए। मधेससँगको सम्बन्ध औपचारिकतामा सीमित राख्न नहुने उनको भनाइ थियो।

उम्मेदवारी मनोनयन दर्ता गरेको छ दिनपछि उनी पहिलोपटक निर्वाचन क्षेत्रमा पुगेका हुन्। सो क्रममा उनले काठमाडौं–४ का मतदाताप्रति कृतज्ञता व्यक्त गर्दै आफूलाई तीनपटक निर्वाचित गराएकोमा धन्यवाद दिए।

सभापति थापाले पार्टी सभापति बनेपछि निर्वाचन क्षेत्र परिवर्तन नगर्नुपर्ने सुझावहरू धेरै आएको उल्लेख गर्दै ती सुझावप्रति सम्मान जनाए। तर मधेससँगको राजनीतिक, सामाजिक र भावनात्मक सम्बन्ध बलियो बनाउन सर्लाही–४ बाट उम्मेदवारी दिएको उनको भनाइ छ।

यो समाचार पढेर तपाईंलाई कस्तो लाग्यो ?

सम्बन्धित समाचार

थप समाचार