शनिबार, ७ कात्तिक २०८३ सक्रिय अपडेट सक्रिय सिफारिस
खेलकुद फुटबल

एन्फा राष्ट्रिय लिग : एनआरटीद्वारा संकटा पराजित

सक्रिय न्युज संवाददाता सक्रिय न्युज संवाददाता · बिहीबार, १५ माघ, २०८२ मा प्रकाशित
एन्फा राष्ट्रिय लिग : एनआरटीद्वारा संकटा पराजित
काठमाडौं, माघ १५ :

काठमाडौंमा जारी एन्फा राष्ट्रिय लिगमा न्युरोड टिम (एनआरटी)ले संकटा क्लबलाई पराजित गरेको छ ।   बिहीबार सातदोबाटोस्थित एन्फा कम्प्लेक्समा भएको खेलमा एनआरटीले संकटालाई ३–१ गोल अन्तरले पराजित गरेको हो ।

एनआरटीको जितमा क्रितिसरत्न छुजुले खेलको १० औं मिनेटमा र टिमोथी ओकेरेकेले ६६ औं मिनेटमा गोल गरे, अर्को गोल भने आत्मघाती उपहार पाएको थियो ।

संकटा क्लबका तर्फबाट एकमात्र गोल कृष्ण बहादुर खेलको ५५ औं मिनेटमा गरेका थिए । जितसंगै एनआरटीले १२ अंक जोडेको छ भने संकटाको ५ अंक रहेको छ । 

यो समाचार पढेर तपाईंलाई कस्तो लाग्यो ?

सम्बन्धित समाचार

थप समाचार