
कोसी प्रदेश सरकारले कोसी प्रदेश सभाको हिउँदे अधिवेशन माघ २५ गते आह्वानका लागि प्रदेश प्रमुख परशुराम खापुङ समक्ष सिफारिस गरेको छ ।
बिहीबार विराटनगरस्थित मुख्यमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयमा बसेको मन्त्रिपरिषद बैठकले प्रदेश सभाको हिउँदे अधिवेशनका लागि माघ २५ गते दिउँसो २ बजेका लागि सिफारिस गरेको कोसी आन्तरिक मामिला तथा कानुन मन्त्री एवम् कोसी प्रदेश सरकारका प्रवक्ता इन्द्रमणि पराजुलीले जानकारी दिए। उनले हाल प्रदेश सभाको भवन नरहेकाले मासिक ८ लाख रुपैया भाडा तिर्ने गरी वीरेन्द्र सभागृहमा अधिवेशन संचालन गरिने जानकारी दिए ।
जेनजी आन्दोलनपछि पहिलो पटक प्रदेशसभा बैठक आह्वान गरिएको हो । यसैगरी बैठकले कोसी प्रदेश योजना आयोग गठन तथा संचालन गठन आदेश २०८२ स्वीकृत गरेको छ भने ग्रामिण सडक संजाल सुधार आयोजनालाई प्रभावकारी रुपमा संचालन गर्न प्रदेश सरकारको तर्फाट साढे १२ प्रतिशत म्याचिङ फण्ड उपलब्ध गराउने निणय गरेको छ ।