सोमबार, २६ असोज २०८३ सक्रिय अपडेट सक्रिय सिफारिस
ट्रेन्डिङ
#कांग्रेस पदाधिकारी#अनुजा अधिकारी आचार्य#रसुवाकी शिक्षिका#पृथ्वी राजमार्ग#दुईतर्फी यातायात सञ्चालन#बीपी राजमार्ग#पुनर्निर्मित सडकबाटै आवागमन#कवितासंग्रह#गीतिसंग्रह#सुदूरपश्चिम प्रदेश सरकार#बजेट प्रस्तुत#पाँच जना सम्पर्कविहीन#रवि लामिछाने#उद्धार र राहत#विनोद चौधरी#उपसभापति#दसैँघर #कांग्रेस पदाधिकारी#अनुजा अधिकारी आचार्य#रसुवाकी शिक्षिका#पृथ्वी राजमार्ग#दुईतर्फी यातायात सञ्चालन#बीपी राजमार्ग#पुनर्निर्मित सडकबाटै आवागमन#कवितासंग्रह#गीतिसंग्रह#सुदूरपश्चिम प्रदेश सरकार#बजेट प्रस्तुत#पाँच जना सम्पर्कविहीन#रवि लामिछाने#उद्धार र राहत#विनोद चौधरी#उपसभापति#दसैँघर
राजनीति

युवा सङ्घको अध्यक्षमा गुरुङ चयन

सक्रिय न्युज संवाददाता सक्रिय न्युज संवाददाता · शुक्रबार, १६ माघ, २०८२ मा प्रकाशित
युवा सङ्घको अध्यक्षमा गुरुङ चयन
काठमाडौं, माघ १६ :

राष्ट्रिय युवा सङ्घ नेपालको केन्द्रीय युवा परिषद् प्रथम बैठकले उपाध्यक्ष महाराज गुरुङलाई सङ्घको अध्यक्ष चयन गरेको छ । 

नेपाल कम्युनिष्ट पार्टी (एमाले) का महासचिव शङ्कर पोखरेल, सचिव महेश बस्नेत, सचिव भानुभक्त ढकाललगायत नेताहरुको उपस्थितिमा भएको बैठकमा अध्यक्ष क्षितिज थेबेले उपाध्यक्ष गुरुङलाई नेतृत्व हस्तान्तरण गरेका हुन् ।

सङ्घको गत जेठ १४ गते पोखरामा सम्पन्न दसौँ राष्ट्रिय महाधिवेशनबाट निर्वाचित थेबे आसन्न प्रतिनिधिसभा सदस्य निर्वाचनमा ताप्लेजुङबाट नेपाल कम्युनिष्ट पार्टी (एमाले) का उम्मेदवार रहनुभएको छ । अध्यक्षको जिम्मेवारी पाएलगत्तै गुरुङले पद तथा गोपनीयताको सपथ पनि लिनुभयो ।

यो समाचार पढेर तपाईंलाई कस्तो लाग्यो ?

सम्बन्धित समाचार

थप समाचार