बुधबार, २८ असोज २०८३ सक्रिय अपडेट सक्रिय सिफारिस
ट्रेन्डिङ
#राष्ट्रपति रामचन्द्र पौडेल#दुई अध्यादेश जारी#अर्थमन्त्री डा स्वर्णिम वाग्ले#घटस्थापना#काठमाडौँ उपत्यका छाडे#नेपालको दोस्रो जित#भोटेकोशी बाढीमा वेपत्ता#मृत्यु प्रमाणपत्र जारी गर्ने#प्रतिमा गौतम#सहमहामन्त्रीमा निर्वाचित#आईपीयू महासभा#सभामुख डोलप्रसाल अर्याल#एमालेको कार्यकर्ता भेला#महिला खुला केन्द्रीय सदस्य#राजदूत पदमाक्षी राणा#ओमानको प्रस्तावित राजदूत #राष्ट्रपति रामचन्द्र पौडेल#दुई अध्यादेश जारी#अर्थमन्त्री डा स्वर्णिम वाग्ले#घटस्थापना#काठमाडौँ उपत्यका छाडे#नेपालको दोस्रो जित#भोटेकोशी बाढीमा वेपत्ता#मृत्यु प्रमाणपत्र जारी गर्ने#प्रतिमा गौतम#सहमहामन्त्रीमा निर्वाचित#आईपीयू महासभा#सभामुख डोलप्रसाल अर्याल#एमालेको कार्यकर्ता भेला#महिला खुला केन्द्रीय सदस्य#राजदूत पदमाक्षी राणा#ओमानको प्रस्तावित राजदूत
राजनीति

प्रचण्डले भने- म खलनायक बनेर इतिहासका पानामा हराउन चाहन्नँ

‘देशलाई सही दिशामा नपुर्‍याएसम्म विश्राम लिन्न’
सक्रिय न्युज संवाददाता सक्रिय न्युज संवाददाता · आइतबार, १८ माघ, २०८२ मा प्रकाशित
प्रचण्डले भने- म खलनायक बनेर इतिहासका पानामा हराउन चाहन्नँ
काठमाडौं, माघ १८ :

नेकपाका संयोजक पुष्पकमल दाहालले आफू खलनायक बनेर इतिहासमा पानामा हराउन नचाहेको उल्लेख गरेका छन् । आफू सत्ताको भागबण्डामा सहभागी नहुने भन्दै दाहालले पुराना नेताहरूको भिडमा नरहेको समेत स्पष्ट पारेका छन्।

आइतबार भिडियो सन्देशमार्फत दाहालले परिवार र सहयात्रीहरूको बलिदान खेर जान नदिने प्रतिबद्धता जनाउँदै देशको भविष्यका लागि पारदर्शिता, भ्रष्टाचारको अन्त्य र प्रत्यक्ष निर्वाचित कार्यकारी प्रमुखको व्यवस्था आवश्यक रहेको बताए।

उनले नयाँ पुस्तालाई स्वागत गर्ने र आम नागरिकलाई स्वतन्त्र चिन्तन गर्न अपिल गरेका छन्। अहिले युवाहरूको मागजस्तै भ्रष्टाचारको अन्त्य पारदर्शिता र एउटा बलियो सरकार आफूले जनयुद्धका दिनदेखि नै उठाउँदै आएकै माग र एजेन्डा भएको पनि दाहालको भनाइ छ ।

दाहालले सम्बोधनका क्रममा हलिउड फिल्म 'द डार्क नाइट'(२००८) को हार्भे डेन्ट नामक पात्रको संवादसमेत उल्लेख गरेका छन् ।  उनले भने , ‘आफू खलनायकका रूपमा बिदा हुन नचाहेको उल्लेख गर्दै भनेका छन्, 'यदि म धेरैअघि बिदा भएको भए सायद देशले मलाई नायकका रूपमा मात्र सम्झिन्थ्यो होला तर म खलनायक बनेर इतिहासको पानामा हराउनन चाहन्नँ । म यो देशलाई सही दिशामा नपुर्‍याएसम्म विश्राम लिने छैन।’ 

यो समाचार पढेर तपाईंलाई कस्तो लाग्यो ?

सम्बन्धित समाचार

थप समाचार