काठमाडौं, माघ २३ :
‘राष्ट्र, राष्ट्रियता, धर्म, संस्कृति र नागरिक बचाउ महाभियान, नेपाल’ का अध्यक्षसमेत रहेका मेडिकल व्यवसायी दुर्गा प्रसाईं फेरि पक्राउ परेका छन् ।
नेपाल प्रहरीले प्रसाईंलाई आज दिउँसो काठमाडौँको चाल्नाखेलबाट पक्राउ गरेको हो। प्रसाशनले अनुमति नदिएको कार्यक्रममा सहभागी हुन वीरगन्ज जाँदै गरेका प्रसाईं बाटोबाटै पक्राउ परेका हुन् ।
यसअघि उनी पोखराबाट पक्राउ परेका थिए । नेपाली कांग्रेसको विशेष महाधिवेशनबाट निर्वाचन सभापति गगन थापा पक्षले निर्वाचन आयोगमा रकम बुझाएर आधिकारिकता लिएको अभिव्यक्ति दिएपछि आयोगको पत्रको आधारमा उनलाई प्रहरीले पक्राउ गरेको थियो।
यो समाचार पढेर तपाईंलाई कस्तो लाग्यो ?
सम्बन्धित समाचार
जलवायु जोखिम न्यूनीकरण गर्न चीनसँग भरपर्दो पूर्वसूचना प्रणाली स्थापना गरिने : परराष्ट्र सचिव राई
संसद् बैठक आह्वान गर्न प्रतिपक्षी दलहरूको माग
सञ्चार गृहमै प्रवेश गरी पत्रकारहरूमाथि धरपकड गर्नेलाई कारबाही हुन्छ : सभापति लामिछाने