बुधबार, २८ असोज २०८३ सक्रिय अपडेट सक्रिय सिफारिस
ट्रेन्डिङ
#राष्ट्रपति रामचन्द्र पौडेल#दुई अध्यादेश जारी#अर्थमन्त्री डा स्वर्णिम वाग्ले#घटस्थापना#काठमाडौँ उपत्यका छाडे#नेपालको दोस्रो जित#भोटेकोशी बाढीमा वेपत्ता#मृत्यु प्रमाणपत्र जारी गर्ने#प्रतिमा गौतम#सहमहामन्त्रीमा निर्वाचित#आईपीयू महासभा#सभामुख डोलप्रसाल अर्याल#एमालेको कार्यकर्ता भेला#महिला खुला केन्द्रीय सदस्य#राजदूत पदमाक्षी राणा#ओमानको प्रस्तावित राजदूत #राष्ट्रपति रामचन्द्र पौडेल#दुई अध्यादेश जारी#अर्थमन्त्री डा स्वर्णिम वाग्ले#घटस्थापना#काठमाडौँ उपत्यका छाडे#नेपालको दोस्रो जित#भोटेकोशी बाढीमा वेपत्ता#मृत्यु प्रमाणपत्र जारी गर्ने#प्रतिमा गौतम#सहमहामन्त्रीमा निर्वाचित#आईपीयू महासभा#सभामुख डोलप्रसाल अर्याल#एमालेको कार्यकर्ता भेला#महिला खुला केन्द्रीय सदस्य#राजदूत पदमाक्षी राणा#ओमानको प्रस्तावित राजदूत
राजनीति

कुनै एजेन्डा नभएका केही दलहरुले आफूलाई नयाँ भन्दै भ्रम छर्न खोज्दै छैन : प्रचण्ड

सक्रिय न्युज संवाददाता सक्रिय न्युज संवाददाता · शुक्रबार, २३ माघ, २०८२ मा प्रकाशित
कुनै एजेन्डा नभएका केही दलहरुले आफूलाई नयाँ भन्दै भ्रम छर्न खोज्दै छैन : प्रचण्ड
काठमाडौं, माघ २३ :

नेपाली कम्युनिष्ट पार्टी(नेकपा)का संयोजक पुष्पकमल दाहाल प्रचण्डले नयाँ भन्ने दलहरुसँग कुनै नयाँ मुद्दा नरहेको बताएका छन् । शुक्रबार काठमाडौंमा आयोजित नेकपा परामर्श कार्यक्रमलाई सम्बोधन गर्दै प्रचण्डले अहिले केही दलहरुले आफूलाई नयाँ भन्दै भ्रम छर्न खोजेको भन्दै उनीहरुसँग कुनै नयाँ मुद्दा नरहेको दाबी गरे। नयाँ र पुरानोको निधो विचार, एजेन्डा र संघर्षले गर्ने उनले बताए ।

प्रचण्डले देशमा आजको सबभन्दा नयाँ भनेको गणतन्त्र भएकाले त्यसको नेतृत्व नेपाली कम्युनिस्ट पार्टीले गरेको धारणा राखे । महिला, दलित, आदवासी जनजाति लगाएत सबै उत्पीडित क्षेत्र समुदायलाई पहिचान र अधिकार दिने नारा आफ्नो पार्टीले ल्याएकाले आफूहरु नयाँ भएको उनको भनाइ छ । 

त्यस्तै प्रचण्डले उदार पुँजीवाद र दलाल पुँजीवादको प्रोत्साहन गरेर नयाँको धाक लाउने काम भएको आरोप लगाए। उनले निर्वाचन नजिकिदै जाँदा सक्रिय भएर प्रचार गर्न सके नेपाली कम्युनिस्ट पार्टी नेपालमा एकचोटी फेरि पहिलो पार्टी बन्ने पुरै सम्भावना रहेको दाबी गरे ।

प्रचण्डले निकै ठूलो भिडन्त भनेर सामाजिक सञ्जालमा चर्चा भएका खास खास चुनाव क्षेत्रमा नेकपाले चुनाव जित्ने निश्चित भएको बताए । 

यो समाचार पढेर तपाईंलाई कस्तो लाग्यो ?

सम्बन्धित समाचार

थप समाचार