काठमाण्डौं, असोज १४ :

नेपालले क्यानडामा जारी  टि २०  सिरिजमा ओमानलाई जितका लागि १ सय ७७ रनको चुनौतीपुर्ण लक्ष्य दिएको छ ।

क्यानडाको किंग सिटी क्रिकेट मैदानमा टस हारेर ब्याटिङको निम्तो पाएको नेपालले निर्धारित २० ओभरमा ६ विकेट गुमाएर १ सय ७६ रनको योगफल बनाएको छ ।

सिरिजको पहिलो खेलमा शनिवार नेपाल घरेलु टोलीसँग १४ रनले पराजित भएको थियो ।

टि ट्वान्टी आई सिरिजमा ओमान पहिलो खेल खेल्दैछ । दुवै टोली सिरिजमा पहिलो जितको खोजीमा हुनेछन् ।

अन्तर्राष्ट्रिय क्रिकेटमा नेपालले १७ अप्रिल पछि कुनै पनि खेल जित्न सकेको छैन । यसबीच नेपालले ११ अन्तर्राष्ट्रिय खेल खेलिसकेको छ ।

नेपालले तेस्रो खेलमा मंगलवार क्यानडासँग र चौथो खेलमा नेपालले बुधवार फेरि ओमानको सामना गर्नेछ ।