शुक्रबार, ३० असोज २०८३ सक्रिय अपडेट सक्रिय सिफारिस
ट्रेन्डिङ
#मन्त्रिपरिषद्‍को निर्णय#सभापति गगनकुमार थापा#डा. श्रवण कुमार साह#कागेश्वरी मनोहरा नगरपालिका#प्रमुख प्रशासकीय अधिकृत#फूलपाती#गृहमन्त्री सुधन गुरुङ#एकहत्तरौँ प्रहरी दिवस#कांग्रेसको १५औँ महाधिवेशन#मतगणना सकियो#सुनचाँदी#नेपाल सुनचाँदी व्यवसायी#महिला उद्यमी#हाइटेन्सन पोल#टुप्पोमा बसेकी किशोरी#भूमि बैंक #मन्त्रिपरिषद्‍को निर्णय#सभापति गगनकुमार थापा#डा. श्रवण कुमार साह#कागेश्वरी मनोहरा नगरपालिका#प्रमुख प्रशासकीय अधिकृत#फूलपाती#गृहमन्त्री सुधन गुरुङ#एकहत्तरौँ प्रहरी दिवस#कांग्रेसको १५औँ महाधिवेशन#मतगणना सकियो#सुनचाँदी#नेपाल सुनचाँदी व्यवसायी#महिला उद्यमी#हाइटेन्सन पोल#टुप्पोमा बसेकी किशोरी#भूमि बैंक
राजनीति

देउवाको सचिवालयले भन्यो- चुनावी सभामा जाने कुनै कार्यक्रम छैन

सक्रिय न्युज संवाददाता सक्रिय न्युज संवाददाता · आइतबार, २५ माघ, २०८२ मा प्रकाशित
देउवाको सचिवालयले भन्यो-  चुनावी सभामा जाने कुनै कार्यक्रम छैन
काठमाडौं, माघ २५ :

नेपाली कांग्रेसका निवर्तमान सभापति शेरबहादुर देउवा कुनै पनि चुनावी सभामा सहभागी नहुने भएका छन् । 

देउवा चुनावी अभियानमा निस्कने भन्ने समाचार बाहिर आएपछि उनको सचिवालयले कुनै पनि चुनावी सभामा जाने कार्यक्रम नरहेको स्पष्ट पारेको हो । देउवाको सचिवालयले भन्यो,‘चुनावी सभा वा अन्य कुनै पनि कार्यक्रममा जाने तयारी छैन ।’

विशेष महाधिवेशनबाट कांग्रेसले नेतृत्व फेरेदेखि देउवा पार्टी गतिविधिमा संलग्न छैनन् । देउवा अन्तिम पटक उम्मेदवारी दिन्छु भनेर बसेका देउवा नेतृत्व परिवर्तन भएसँगै चुपचाप छन् । उनी निकट केही नेताहरु यस चुनावमा भाग लिए पनि केही नेताहरु भने उम्मेदवार हुन रुचि देखाएनन् । 

विशेष महाधिवेशनमा गगनकुमार थापा सभापतिमा चयनपछि बदलिएको कांग्रेस भन्दै चुनावमा होमिएको छ । कांग्रेसको आन्तरिक द्वन्द्वले पनि निर्वाचन परिणाममा केही असर पर्न सक्ने आकलन गरिएको छ ।

यो समाचार पढेर तपाईंलाई कस्तो लाग्यो ?

सम्बन्धित समाचार

थप समाचार