सोमबार, २ कात्तिक २०८३ सक्रिय अपडेट सक्रिय सिफारिस
ट्रेन्डिङ
#सिन्धुली सुमो दुर्घटना#मृतको सनाखत#टाइगर श्राफ#गोली प्रहार#झलनाथ खनाल#केपी ओली#निःशुल्क यातायात सेवा#गाँजा#पक्राउ#तातोपानी नाका#तीन दिनका लागि खुल्यो#सवारी दुर्घटना#एनपीएल#आन्द्रे रसेल#विराटनगर टोलीमा अनुबन्ध#कागेश्वरी मनोहरा नगर अस्पताल#२४ सै घण्टा खुला#सुक्खा पहिरो#सडक सञ्चालन #सिन्धुली सुमो दुर्घटना#मृतको सनाखत#टाइगर श्राफ#गोली प्रहार#झलनाथ खनाल#केपी ओली#निःशुल्क यातायात सेवा#गाँजा#पक्राउ#तातोपानी नाका#तीन दिनका लागि खुल्यो#सवारी दुर्घटना#एनपीएल#आन्द्रे रसेल#विराटनगर टोलीमा अनुबन्ध#कागेश्वरी मनोहरा नगर अस्पताल#२४ सै घण्टा खुला#सुक्खा पहिरो#सडक सञ्चालन
समाचार प्रदेश लुम्बिनी प्रदेश

दाङमा मोटरसाइकल दुर्घटनामा मृ*त्यु हुनेको पहिचान खुल्यो

सक्रिय न्युज संवाददाता सक्रिय न्युज संवाददाता · सोमबार, २६ माघ, २०८२ मा प्रकाशित
दाङमा मोटरसाइकल दुर्घटनामा मृ*त्यु हुनेको पहिचान खुल्यो
दाङ, माघ २६ :

दाङमा मोटरसाइकल दुर्घटना हुँदा दुई जनाको मृत्यु भएको छ । आज बिहान दाङको घोराही उपमहानगरपालिका–१६ सेवाखोलामा घोराहीबाट तुलसीपुर जाँदै गरेको लुप्र ०२–००१ प ११०२ मोटरसाइकल दुर्घटना हुँदा दुई जनाको मृत्यु भएको हो ।

जिल्ला प्रहरी कार्यालय दाङका सूचना अधिकारी एवं प्रहरी नायब उपरीक्षक रेशम बोहराका अनुसार उक्त मोटरसाइकल अनियन्त्रित भएर सेवाखोलामा निर्माणाधीन पुलबाट खसेको थियो ।

दुर्घटनामा मोटरसाइकल चालक रोल्पा त्रिवेणी गाउँपालिका–७ का २८ वर्षीय ज्ञानेन्द्र बुढाथोकी र सोही मोटरसाइकलमा पछाडि सवार तुलसीपुर उपमहानगरपालिका–१७ झिँगैका ३९ वर्षीय कमल वलीको मृत्यु भएको प्रहरी नायब उपरीक्षक बोहराले जानकारी दिए ।

गम्भीर घाइते दुवै जनालाई उपचारका लागि घोराहीस्थित राप्ति स्वास्थ्य विज्ञान प्रतिष्ठान पुर्‍याउँदा चिकित्सकले मृत घोषणा गरेको प्रहरीले जनाएको छ ।

यो समाचार पढेर तपाईंलाई कस्तो लाग्यो ?

सम्बन्धित समाचार

थप समाचार