सोमबार, २ कात्तिक २०८३ सक्रिय अपडेट सक्रिय सिफारिस
ट्रेन्डिङ
#सिन्धुली सुमो दुर्घटना#मृतको सनाखत#टाइगर श्राफ#गोली प्रहार#झलनाथ खनाल#केपी ओली#निःशुल्क यातायात सेवा#गाँजा#पक्राउ#तातोपानी नाका#तीन दिनका लागि खुल्यो#सवारी दुर्घटना#एनपीएल#आन्द्रे रसेल#विराटनगर टोलीमा अनुबन्ध#कागेश्वरी मनोहरा नगर अस्पताल#२४ सै घण्टा खुला#सुक्खा पहिरो#सडक सञ्चालन #सिन्धुली सुमो दुर्घटना#मृतको सनाखत#टाइगर श्राफ#गोली प्रहार#झलनाथ खनाल#केपी ओली#निःशुल्क यातायात सेवा#गाँजा#पक्राउ#तातोपानी नाका#तीन दिनका लागि खुल्यो#सवारी दुर्घटना#एनपीएल#आन्द्रे रसेल#विराटनगर टोलीमा अनुबन्ध#कागेश्वरी मनोहरा नगर अस्पताल#२४ सै घण्टा खुला#सुक्खा पहिरो#सडक सञ्चालन
राजनीति प्रदेश लुम्बिनी प्रदेश

जेनजी विद्रोहपछि साँच्चिकै सच्चिएर आएको दल कांग्रेस हो : उपसभापति शर्मा

अब बन्ने सरकारले नागरिकमा आशा र भरोसा जगाउनुपर्नेछ।
सक्रिय न्युज संवाददाता सक्रिय न्युज संवाददाता · मंगलबार, २७ माघ, २०८२ मा प्रकाशित
जेनजी विद्रोहपछि साँच्चिकै सच्चिएर आएको दल कांग्रेस हो : उपसभापति शर्मा
बाँके, माघ २७ :

नेपाली कांग्रेसका उपसभापति विश्वप्रकाश शर्माले द्वन्द्व र विमतिलाई बिर्सिएर एक ढिक्का भई निर्वाचनमा जुटन आग्रह गरेका छन् । निर्वाचन परिचालन एवम् प्रचारप्रसार मूल समिति नेपाली कांग्रेस बाँकेद्वारा आज नेपालगञ्जमा आयोजित बृहत जिल्ला भेलालाई सम्बोधन गर्दै उनले विशेष महाधिवेशनपछि पार्टी बदलिएर जनतामाझ गएको बताए । 
        
शर्माले कांग्रेसले यस पटक करिब दुई तिहाई नयाँ उम्मेदवार बनाएको उल्लेख गरे।  “जेनजी विद्रोहपछि साँच्चिकै सच्चिएर आएको दल कांग्रेस हो,” उनले भने, “देशलाई गाँस्ने पार्टी कांग्रेस हो । अब बन्ने सरकारले नागरिकमा आशा र भरोसा जगाउनुपर्नेछ, त्यो तागत कांग्रेससँग छ । इतिहास साक्षी छ, समन्वय, सहकार्य र एकता कायम गर्न सक्ने समाथ्र्य कांग्रेससँग छ ।”

भेलामा नेपाली कांग्रेस केन्द्रीय सदस्य गोपाल दहित, कांग्रेस लुम्बिनी प्रदेश उपसभापति एवम् निर्वाचन परिचालन मूलसमिति संयोजक राजु खनाल, नेपाली कांग्रेस बाँके क्षेत्र नं ३ का उम्मेदवार अमरसिंह पुन, क्षेत्र नं १ का उम्मेदवार नारायणप्रसाद गौडेल, क्षेत्र नं २ का उम्मेदवार शुधांसु कोइराला, समानुपातिक उम्मेदवार दुखीराम लोनियाले जनआकांक्षा सम्बोधन र संविधान रक्षाका लागि कांग्रेसलाई जिताउन आग्रह गरे।

नेपाली कांग्रेस बाँकेका कार्यवाहक सभापति गोपालप्रसाद अधिकारीको सभापतित्वमा सम्पन्न भेलामा जिल्लाभरी अगुवा कार्यक्रर्ताको सहभागिता रहेको थियो । 

यो समाचार पढेर तपाईंलाई कस्तो लाग्यो ?

सम्बन्धित समाचार

थप समाचार