बुधबार, २८ असोज २०८३ सक्रिय अपडेट सक्रिय सिफारिस
ट्रेन्डिङ
#राष्ट्रपति रामचन्द्र पौडेल#दुई अध्यादेश जारी#अर्थमन्त्री डा स्वर्णिम वाग्ले#घटस्थापना#काठमाडौँ उपत्यका छाडे#नेपालको दोस्रो जित#भोटेकोशी बाढीमा वेपत्ता#मृत्यु प्रमाणपत्र जारी गर्ने#प्रतिमा गौतम#सहमहामन्त्रीमा निर्वाचित#आईपीयू महासभा#सभामुख डोलप्रसाल अर्याल#एमालेको कार्यकर्ता भेला#महिला खुला केन्द्रीय सदस्य#राजदूत पदमाक्षी राणा#ओमानको प्रस्तावित राजदूत #राष्ट्रपति रामचन्द्र पौडेल#दुई अध्यादेश जारी#अर्थमन्त्री डा स्वर्णिम वाग्ले#घटस्थापना#काठमाडौँ उपत्यका छाडे#नेपालको दोस्रो जित#भोटेकोशी बाढीमा वेपत्ता#मृत्यु प्रमाणपत्र जारी गर्ने#प्रतिमा गौतम#सहमहामन्त्रीमा निर्वाचित#आईपीयू महासभा#सभामुख डोलप्रसाल अर्याल#एमालेको कार्यकर्ता भेला#महिला खुला केन्द्रीय सदस्य#राजदूत पदमाक्षी राणा#ओमानको प्रस्तावित राजदूत
राजनीति

निर्वाचनमा कुनै पनि दलसँग तालमेल हुँदैन : संयोजक प्रचण्ड

आमजनताको विश्वास जिती संसद्मा ठूलो पार्टी बन्न चाहन्छौँ
सक्रिय न्युज संवाददाता सक्रिय न्युज संवाददाता · बुधबार, २८ माघ, २०८२ मा प्रकाशित
निर्वाचनमा कुनै पनि दलसँग तालमेल हुँदैन : संयोजक प्रचण्ड
कास्की, माघ २८ :

नेपाली कम्युनिष्ट पार्टी(नेकपा)का संयोजक पुष्पकमल दाहाल‘प्रचण्ड’ले तोकिएको मितिमै निर्वाचन हने भएकाले निर्वाचन प्रक्रियामा जुट्न निर्देशन दिएका छन् ।

पोखरामा आज आयोजित पार्टीको जिल्लास्तरीय कार्यकर्ता भेलालाई सम्बोधन गर्दै संयोजक दाहालले आगामी फागुन २१ गते प्रतिनिधिसभा सदस्यको निर्वाचन सुनिश्चित भएकाले प्रचारप्रसार अभियानमा सक्रिय हुन काममा जुट्न निर्देशन दिएका हुन् । 

निर्वाचन हुँदैन की भन्ने द्विविधाबाट मुक्त भई अबको तीन हप्ता पार्टीलाई दिन अनुरोध गर्दै उनले भने, ‘जेनजी आन्दोलनपछि मुलुकमा विकसित असाधारण परिस्थितिमा हुनलागेको निर्वाचनको परिणाम नेकपाको पक्षमा ल्याउन देशभरका नेता, कार्यकता तथा शुभेच्छुक आआफ्नो ठाउँबाट खटिन आवश्यक छ, आजैदेखि सक्रिय भई आफ्ना उम्मेदवारलाई जिताउन अघि बढ्नुहोस् ।’

‘निर्वाचनको अन्तिम अवस्थामा अन्य पार्टीसँग चुनावी तालमेल गरी नेकपाले उम्मेदवारी निष्कृय गराउने हल्ला फैलाउन सक्नेतर्फ सचेत गरउँदै अहिलेको निर्वाचनमा कुनै पनि किसिमको समिकरण वा तालमेल गर्ने पक्षमा छैनौँ, आफ्नै खुट्टामा उभिएर आमजनताको विश्वास जिती संसद्मा ठूलो पार्टी बन्न चाहन्छौँ’, संयोजक दाहालले भने । 

यो समाचार पढेर तपाईंलाई कस्तो लाग्यो ?

सम्बन्धित समाचार

थप समाचार