
काठमाडौं, माघ २८ :
अख्तियार दुरुपयोग अनुसन्धान आयोगका प्रमुख आयुक्त प्रेमकुमार राईसहित १० भिआइपीलाई धम्क्याएको आरोपमा पक्राउ परेका प्रकाश पाठकमाथि अनुसन्धान गर्न जिल्ला अदालतले तीन दिनको म्याद दिएको छ।
पाठकले मंसिरको दोस्रो साता पदबाट राजीनामा नदिएमा हत्या गर्ने भन्दै अख्तियारको आधिकारिक इमेलमा मेल पठाएका थिए । जिल्ला प्रहरी परिसर काठमाडौंका प्रमुख एसएसपी रमेश थापाले पाठकमाथि अनुसन्धान गर्न जिल्ला अदालत काठमाडौँले तीन दिनको म्याद दिएको जानकारी दिए।
फिलिपिन्समा बसेर इमेलमार्फत् भीआईपीहरूलाई ज्यान मार्ने धम्की दिएका पाठकलाई बुधबार बिहान प्रहरी टोलीले नेपाल ल्याएको थियो। उनले नेपालमा रहँदा चारवटा मुद्दा खेपिरहेको प्रहरीले जनाएको छ ।