सोमबार, २ कात्तिक २०८३ सक्रिय अपडेट सक्रिय सिफारिस
ट्रेन्डिङ
#सिन्धुली सुमो दुर्घटना#मृतको सनाखत#टाइगर श्राफ#गोली प्रहार#झलनाथ खनाल#केपी ओली#निःशुल्क यातायात सेवा#गाँजा#पक्राउ#तातोपानी नाका#तीन दिनका लागि खुल्यो#सवारी दुर्घटना#एनपीएल#आन्द्रे रसेल#विराटनगर टोलीमा अनुबन्ध#कागेश्वरी मनोहरा नगर अस्पताल#२४ सै घण्टा खुला#सुक्खा पहिरो#सडक सञ्चालन #सिन्धुली सुमो दुर्घटना#मृतको सनाखत#टाइगर श्राफ#गोली प्रहार#झलनाथ खनाल#केपी ओली#निःशुल्क यातायात सेवा#गाँजा#पक्राउ#तातोपानी नाका#तीन दिनका लागि खुल्यो#सवारी दुर्घटना#एनपीएल#आन्द्रे रसेल#विराटनगर टोलीमा अनुबन्ध#कागेश्वरी मनोहरा नगर अस्पताल#२४ सै घण्टा खुला#सुक्खा पहिरो#सडक सञ्चालन
राजनीति प्रदेश लुम्बिनी प्रदेश

विपक्षीलाई गाली नगरी चुनावी मैदानमा होमिन नेता-कार्यकर्तालाई उपसभापति शर्माको आग्रह

बदलिएर आएको कांग्रेसले देशको नेतृत्व गर्छ
सक्रिय न्युज संवाददाता सक्रिय न्युज संवाददाता · बिहीबार, २९ माघ, २०८२ मा प्रकाशित
विपक्षीलाई गाली नगरी चुनावी मैदानमा होमिन नेता-कार्यकर्तालाई उपसभापति शर्माको आग्रह
रुपन्देही, माघ २९ :

नेपाली कांग्रेसका उपसभापति विश्वप्रकाश शर्माले विपक्षीलाई गाली नगरी चुनावी मैदानमा होमिन नेता तथा कार्यकर्तालाई आग्रह गरेका छन् ।

बिहीबार रुपन्देहीमा आयोजित निर्वाचन केन्द्रीत पार्टी सदस्य भेटघाट कार्यक्रममा उपसभापति शर्माले प्रतिष्पर्धाका नाममा दुश्मनीको खडा गरेर वा  विपक्षीलाई गाली गरेर नभइ कांग्रेसले अघि सारेका एजेण्डाका आधारमा चुनावी मैदानमा होमिन नेता तथा कार्यकर्तालाई आग्रह गरेका हुन् ।

नेपालका सुशासन कायम गर्ने, भ्रष्टाचार नियन्त्रण गर्ने र आवश्यक कानुनहरु बनाउने कामका लागि बदलिएर आएको कांग्रेसले देशको नेतृत्व गर्ने गरी पार्टीलाई पहिलो दलको रुपमा स्थापित गराउनुपर्ने उनले बताए । शर्माले चुनाव जित्नका लागि यसअघि कांग्रेसले गरेका कामहरु नै प्रयाप्त रहेको दाबी गरे ।

नयाँ सोचका साथ निर्वाचनमा जाँदैगर्दा राजनीतिक रुपान्तरणको सन्देश दिनसक्नुपर्ने उनको भनाइ छ । 

यो समाचार पढेर तपाईंलाई कस्तो लाग्यो ?

सम्बन्धित समाचार

थप समाचार