बुधबार, ४ कात्तिक २०८३ सक्रिय अपडेट सक्रिय सिफारिस
ट्रेन्डिङ
#जीवित देवी#एकान्त कुमारी#पूर्वराष्ट्रपति विद्यादेवी भण्डारी#सडकमा चहलपहल#विजयादशमीको टीका#क्यासिनो#बाढीले खोस्यो दसैँको टीका#टीका लगाउन पाउँदैनन्#उपराष्ट्रपति रामसहायप्रसाद यादव#विदेशी पर्यटक#बडादसैंको टीका#राष्ट्रपति रामचन्द्र पौडेल#बडादसैँको टीका ग्रहण#निःशुल्क बस सेवा#सशस्त्र प्रहरी बल #जीवित देवी#एकान्त कुमारी#पूर्वराष्ट्रपति विद्यादेवी भण्डारी#सडकमा चहलपहल#विजयादशमीको टीका#क्यासिनो#बाढीले खोस्यो दसैँको टीका#टीका लगाउन पाउँदैनन्#उपराष्ट्रपति रामसहायप्रसाद यादव#विदेशी पर्यटक#बडादसैंको टीका#राष्ट्रपति रामचन्द्र पौडेल#बडादसैँको टीका ग्रहण#निःशुल्क बस सेवा#सशस्त्र प्रहरी बल
खेलकुद क्रिकेट

टी-२० विश्वकप : इटलीसँग नेपालको लज्जास्पद हार

नेपालको सुपर एट सम्भावना कमजोर बनेको छ ।
सक्रिय न्युज संवाददाता सक्रिय न्युज संवाददाता · बिहीबार, २९ माघ, २०८२ मा प्रकाशित
टी-२० विश्वकप : इटलीसँग नेपालको लज्जास्पद हार
काठमाडौं, माघ २९ :

आइसिसी पुरुष टी–२० विश्वकप क्रिकेट २०२६ अन्तर्गत इटाली विरुद्धको खेलमा नेपाल पराजित भएको छ ।

भारतको मुम्बईस्थित वानखेडे स्टेडियममा आज भएको खेलमा नेपाल  इटलीसँग १० विकेटले पराजित भएको हो । नेपालले दिएको १२४ रनको लक्ष्य पछाएको इटाली १२.४ ओभरमा पूरा ग¥यो । इटालीका लागि एन्थोनी मोस्का र जस्टिम मोस्काले शतकीय साझेदारी गरे । एन्थोनीले ६२ रन बनाउँदा जस्टिन मोस्काले ६० रन बनाए ।

त्यसअघि टस हारेर पहिले ब्याटिङ गरेको नेपालले १९.३ ओभरमा सबै विकेट गुमाएर १२३ रन बनाएको थियो । नेपालको लागि आरिफ शेखले सर्वाधिक २७ रन बनाए । रोहित पौडेलले २३ र आसिफ शेखले २० रन जोडे । दीपेन्द्र सिंह ऐरी १७ रनमा आउट भए भने करण केसी १८ रनमा अविजित रहे । इटालीका बलर क्रिशान कालुगामागेले ३ विकेट लिए भने बेन मानेन्टीले २ विकेट झारे । जसप्रित सिंह र जे जे स्मट्सले समान १–१ विकेट लिए ।

समूह ‘सी’ मा रहेको नेपालको यो लगातार दोस्रो हार हो । यसअघि पहिलो खेलमा नेपाल इग्ल्याण्डसङ ४ रनले पराजित भएको थियो । यस लगातार हारसँगै नेपालको सुपर एट मा पुग्ने सम्भावना कमजोर बनेको छ । यता इटालीको भने यो पहिलो जित हो । इटाली आफ्नो पहिलो खेलमा स्कटल्याण्डसँग पराजित भएको थियो । 

यो समाचार पढेर तपाईंलाई कस्तो लाग्यो ?

सम्बन्धित समाचार

थप समाचार