शनिबार, ३१ असोज २०८३ सक्रिय अपडेट सक्रिय सिफारिस
ट्रेन्डिङ
#मन्त्रिपरिषद्को कार्यालय#आईटी विज्ञ चाहियो#भारतमा प्रदर्शन#शुक्र अस्त#दसैँका कर्म रोकिँदैन#पञ्चाङ्ग निर्णायक विकास समिति#कार दुर्घटना#चालकको मृ*त्यु#अध्यादेश जारी#शपथग्रहण#सभापति गगनकुमार थापा#सिकाली जात्रा#मधेस सरकार#एमाले बाहिरियो#नियमित प्रेस ब्रिफिङ#प्रधानमन्त्री कार्यालय#प्रहरी महानिरीक्षक दानबहादुर कार्की #मन्त्रिपरिषद्को कार्यालय#आईटी विज्ञ चाहियो#भारतमा प्रदर्शन#शुक्र अस्त#दसैँका कर्म रोकिँदैन#पञ्चाङ्ग निर्णायक विकास समिति#कार दुर्घटना#चालकको मृ*त्यु#अध्यादेश जारी#शपथग्रहण#सभापति गगनकुमार थापा#सिकाली जात्रा#मधेस सरकार#एमाले बाहिरियो#नियमित प्रेस ब्रिफिङ#प्रधानमन्त्री कार्यालय#प्रहरी महानिरीक्षक दानबहादुर कार्की
समाचार प्रदेश लुम्बिनी प्रदेश

दाङमा अटोचालकको मृत्युपछि आफन्तजनद्वारा राजमार्ग अवरुद्ध

सक्रिय न्युज संवाददाता सक्रिय न्युज संवाददाता · बिहीबार, २९ माघ, २०८२ मा प्रकाशित
दाङमा अटोचालकको मृत्युपछि आफन्तजनद्वारा राजमार्ग अवरुद्ध
दाङ, माघ २९ :

देउखुरीको कालाकाटे क्षेत्रमा टिपरले अटोलाई ठक्कर दिँदा एक जनाको मृत्यु भएपछि मृतकका आफन्तले राजमार्ग अवरुद्ध पारेका छन्।

टिपर ठक्करबाट अटोचालकको मृत्युपछि आफन्तले दोषीमाथि कारबाही र क्षतिपूर्ति माग गर्दै पूर्वपश्चिम राजमार्गअन्तर्गत दाङको कालाकाटेमा सडक अवरुद्ध पारेका हुन्।

मृतकका आफन्तहरूले सडकमै आगो बालेर यातायात सञ्चालनमा रोक लगाएका कारण राजमार्गमा सयौं गाडी अलपत्र परेका छन् ।सडक खुलाउने प्रयास भइरहेको प्रहरीले जनाएको छ ।

ना८ख ३२६४ नम्बरको टिपर र रा१ह ७३५५ नम्बरको अटोरिक्सा बिहीबार बिहान गढवा गाउँपालिका-१ कालाकाटेमा ठोक्किँदा अटोचालक ३६ वर्षीय जोरकुमार पुनको मृत्यु भएको थियो ।अटोमा विद्यालय जान लागेको ५ जना विद्यार्थी रहेको र उनीहरू पनि घाइते भएको प्रहरीले जनाएको छ । दुर्घटनामा संलग्न टिपर र चालकलाई इलाका प्रहरी कार्यालय गढवाले नियन्त्रणमा लिएको छ । 

यो समाचार पढेर तपाईंलाई कस्तो लाग्यो ?

सम्बन्धित समाचार

थप समाचार