बिहीबार, २९ असोज २०८३ सक्रिय अपडेट सक्रिय सिफारिस
ट्रेन्डिङ
राजनीति

पूर्वराजा शाह तीन महिना झापा बसाइँपछि काठमाडौं फर्किए

विमानस्थलनको निषेधित क्षेत्र बाहिर समर्थकको भिड
सक्रिय न्युज संवाददाता सक्रिय न्युज संवाददाता · शुक्रबार, १ फागुन, २०८२ मा प्रकाशित
पूर्वराजा शाह तीन महिना झापा बसाइँपछि काठमाडौं फर्किए
फाइल तस्बिर ।
काठमाडौं, फागुन १ :

पूर्वराजा ज्ञानेन्द्र शाह करिब तीन महिनाको झापा बसाइँ सकेर शुक्रबार काठमाडौँ फर्किएका छन्। उनी कैलाश एयरको हेलिकोप्टरमार्फत काठमाडौँ फर्किएका हुन्। शाह झापाको दमक नगरपालिका- ९ स्थित हिमालयन महालक्ष्मी टी-इस्टेटमा बस्दै आएका थिए ।

पूर्वराजा शाहको स्वागतका लागि राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) र विभिन्न राजावादी समूहहरूले भव्य प्रदर्शन र र्‍यालीसहितको तयारी गरेपछि स्थानीय प्रशासनले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा वरपरका क्षेत्रमा निषेधाज्ञा जारी गरेको छ ।

उनीहरूले विमानस्थलबाट र्‍यालीसहित पूर्वराजालाई महाराजगञ्जस्थित निर्मल निवाससम्म पुर्‍याउने योजना बनाएका थिए। जिल्ला प्रशासनले सुरक्षा चुनौती र यात्रुको आवागमनलाई मध्यनजर गरी विमानस्थल आसपासको क्षेत्रमा निषेधाज्ञा जारी गरेको हो।

प्रशासनले जारी गरेको आदेशअनुसार विमानस्थल र त्यसको आसपासका क्षेत्रमा पाँच जनाभन्दा बढी व्यक्ति भेला भई अनसन, धर्ना, घेराउ, जुलुस, प्रदर्शन वा सभा गर्न पाइने छैन। अहिले विमानस्थल वरपरको क्षेत्रमा सुरक्षाव्यवस्था कडा पारिएको छ ।

यो समाचार पढेर तपाईंलाई कस्तो लाग्यो ?

सम्बन्धित समाचार

थप समाचार