बिहीबार, २९ असोज २०८३ सक्रिय अपडेट सक्रिय सिफारिस
ट्रेन्डिङ
राजनीति

पूर्वराजा शाहलाई विमानस्थलबाट भव्य स्वागत गर्दै समर्थकले निर्मल निवास पुर्‍याए

सक्रिय न्युज संवाददाता सक्रिय न्युज संवाददाता · शुक्रबार, १ फागुन, २०८२ मा प्रकाशित
पूर्वराजा शाहलाई विमानस्थलबाट भव्य स्वागत गर्दै समर्थकले निर्मल निवास पुर्‍याए
काठमाडौं, फागुन १ :

पूर्वराजा ज्ञानेन्द्र शाहलाई  समर्थकहरूले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट र्‍यालीसहित निर्मल निवास पुर्‍याएका छन् । उनले गाडीबाट समर्थकहरूलाई हात हल्लाउँदै धन्यवाद दिएका छन् । 

करिब तीन महिना झापा बसाइँपछि हेलिकप्टरबाट काठमाडौं फर्केका शाहलाई समर्थकहरूले विभिन्न नारासहित विमानस्थल मुख्य गेट बाहिर स्वागत गरेका हुन् । समर्थकहरूले ‘हाम्रो राजा हाम्रो देश, राजा आउ देश बचाऊ’ लगायतका नारा लगाए ।

राष्ट्र, राष्ट्रियता, धर्म, संस्कृति र नागरिक बचाउ महाअभियान नेपालका संयोजक दुर्गा प्रसाईंले शाहलाई विमानस्थल भित्रैबाट स्वागत गरेका थिए । प्रशासनले विमानस्थल क्षेत्रमा निषेधाज्ञा जारी गरेपनि ठूलो संख्यामा राजसंस्था समर्थकहरु स्वागतका लागि पुगेका थिए ।  । अहिले काठमाडौंका चोक–चोकमा बाक्लो संख्यामा सुरक्षाकर्मी परिचालन गरिएको छ ।

यो समाचार पढेर तपाईंलाई कस्तो लाग्यो ?

सम्बन्धित समाचार

थप समाचार