शनिबार, ३१ असोज २०८३ सक्रिय अपडेट सक्रिय सिफारिस
ट्रेन्डिङ
#मन्त्रिपरिषद्को कार्यालय#आईटी विज्ञ चाहियो#भारतमा प्रदर्शन#शुक्र अस्त#दसैँका कर्म रोकिँदैन#पञ्चाङ्ग निर्णायक विकास समिति#कार दुर्घटना#चालकको मृ*त्यु#अध्यादेश जारी#शपथग्रहण#सभापति गगनकुमार थापा#सिकाली जात्रा#मधेस सरकार#एमाले बाहिरियो#नियमित प्रेस ब्रिफिङ#प्रधानमन्त्री कार्यालय#प्रहरी महानिरीक्षक दानबहादुर कार्की #मन्त्रिपरिषद्को कार्यालय#आईटी विज्ञ चाहियो#भारतमा प्रदर्शन#शुक्र अस्त#दसैँका कर्म रोकिँदैन#पञ्चाङ्ग निर्णायक विकास समिति#कार दुर्घटना#चालकको मृ*त्यु#अध्यादेश जारी#शपथग्रहण#सभापति गगनकुमार थापा#सिकाली जात्रा#मधेस सरकार#एमाले बाहिरियो#नियमित प्रेस ब्रिफिङ#प्रधानमन्त्री कार्यालय#प्रहरी महानिरीक्षक दानबहादुर कार्की
राजनीति

एमालेले भन्यो- जेनजीका जायज मागको विरोध गरेका छैनौं

राजनीतिमा देखा पर्ने लोकप्रियतावाद प्रायः भ्रमपूर्ण हुने
सक्रिय न्युज संवाददाता सक्रिय न्युज संवाददाता · शनिबार, २ फागुन, २०८२ मा प्रकाशित
एमालेले भन्यो- जेनजीका जायज मागको विरोध गरेका छैनौं
ललितपुर, फागुन २ :

नेकपा एमालेले जेनजी आन्दोलनका जायज मागको पक्षमा पार्टी रहेको स्पष्ट पारेको छ । शनिबार पार्टी केन्द्रीय कार्यालय च्यासलमा आयोजित पत्रकार सम्मेलनमा पार्टींका निर्वाचन संयोजक मीनबहादुर शाहीले जेनजी आन्दोलनका क्रममा भएका हिंसा र आगजनीका घटनाको मात्रै एमालेले विरोध गरेको बताए । राज्यका सम्पत्ति क्षतिग्रस्त पारेको विषयको एमालेले सधैं विरोध गर्ने पनि उनले बताए ।

संयोजक शाहीले राजनीतिमा देखा पर्ने लोकप्रियतावाद प्रायः भ्रमपूर्ण हुने र यसले यसले स्थायित्व र सुशासनमा नकारात्मक असर पार्ने बताए ।
‘समृद्ध नेपाल, सुखी नेपाली’को राष्ट्रिय आकाङ्क्षालाई सार्थक तुल्याउँदै स्वाधीन, समुन्नत र समाजवाद उन्मुख अर्थतन्त्रका आधारमा समान अवसरसहित न्यायपूर्ण समाज निर्माणलाई केन्द्रमा राखेको शाहीको भनाइ थियो।

संयोजक शाहीले प्रत्येक नागरिकलाई गुणस्तरीय शिक्षा, सर्वसुलभ स्वास्थ्य सेवा, मर्यादित रोजगारीका पर्याप्त सुनिश्चित गर्न पार्टी प्रतिबद्ध रहेको बताउँदै सबै पेसाकर्मी, विदेशमा रहेका नेपाली तथा युवा शक्तिलाई एमालेसँग  सहकार्य गर्न अनुरोध पनि गरे । 

यो समाचार पढेर तपाईंलाई कस्तो लाग्यो ?

सम्बन्धित समाचार

थप समाचार