शुक्रबार, २० कात्तिक २०८३ सक्रिय अपडेट सक्रिय सिफारिस
ट्रेन्डिङ
#काठमान्डु गोर्खाज#सानदार जित#संसदीय सुनुवाइ शुक्रबार#प्रस्तावित चार न्यायाधीश#मिनेन्द्र रिजाल#कांग्रेसले प्रतिवाद गर्ने#सभापति रवि लामिछाने#लुम्बिनीको उत्कृष्ट जित#सभापति गगनकुमार थापा#पद्माकुमारी अर्याल#सुरक्षा प्रमुख#प्रधानमन्त्रीलाई ब्रिफिङ#स्वदेशी फूल बिक्री#३३ स्थान तोकियो #काठमान्डु गोर्खाज#सानदार जित#संसदीय सुनुवाइ शुक्रबार#प्रस्तावित चार न्यायाधीश#मिनेन्द्र रिजाल#कांग्रेसले प्रतिवाद गर्ने#सभापति रवि लामिछाने#लुम्बिनीको उत्कृष्ट जित#सभापति गगनकुमार थापा#पद्माकुमारी अर्याल#सुरक्षा प्रमुख#प्रधानमन्त्रीलाई ब्रिफिङ#स्वदेशी फूल बिक्री#३३ स्थान तोकियो
समाचार

रौतहटमा सवारी दुर्घटनामा दुई जनाको मृत्यु

· आइतबार, ३ फागुन, २०८२ मा प्रकाशित
accident-nepali
पर्सा, फागुन ३ :

रौतहटको दुर्गाभगवती गाउँपालिका–४ स्थित गौर–गङ्गापिपरा सडकखण्डको झाझपुल नजिकै आज बिहान मोटरसाइकल दुर्घटना हुँदा दुई जनाको मृत्यु भएको छ ।

रौतहट जिल्ला प्रहरी कार्यालयका सूचना अधिकारी विष्णु,प्रदीप बस्यालका अनुसार मोटरसाइकल अनियन्त्रित भएर दुर्घटना हुँदा गम्भीर घाइते भएका उनीहरुको उपचारका क्रममा  मृत्यु भएको छ ।

गङ्गापिपराबाट गौर आइरहेको बिआर ३०यु १३७१ नम्बरको मोटरसाइकल आफैँ अनियन्त्रित भएर सिसौको रुखमा ठोक्किएर दुर्घटनामा परेको प्रहरीले जनाएको छ ।

मृत्यु हुनेमा मोटरसाइकल चालक जितेन्द्र साह र मोटरसाइकल पछाडि पर्ने यमुनामाई गाउँपालिका–४ सरुअठा बस्ने २२ वर्र्षे पुनमदेवी साहको मृत्यु भएको हो । गम्भीर घाइते भएका दुवै जनालाई गौर प्रादेशिक अस्पताल उपचार गर्नका लागि पठाइएको थियो ।

प्रहरीका अनुसार चालक जितेन्द्र साहको टाउको,मुख र शरीरको विभिन्न भागमा चोट लागेर गम्भीर भएर अचेत अवस्थामा अस्पताल पुर्याइएको थियो ।

त्यस्तै,पछाडि बस्ने पुनमदेवीको पनि टाउको, मुख र शरीरका विभिन्न भागमा चोट लागेको थियो ।

यो समाचार पढेर तपाईंलाई कस्तो लाग्यो ?

सम्बन्धित समाचार

थप समाचार