सोमबार, ९ कात्तिक २०८३ सक्रिय अपडेट सक्रिय सिफारिस
विदेश

मस्कोस्थित कार्यालय भवनमा आगलागी, १६ जनाको उद्धार

सक्रिय न्युज संवाददाता सक्रिय न्युज संवाददाता · सोमबार, ४ फागुन, २०८२ मा प्रकाशित
मस्कोस्थित कार्यालय भवनमा आगलागी, १६ जनाको उद्धार
मस्को, फागुन ४ :

मस्कोको उत्तरी क्षेत्रमा रहेको एक कार्यालयको भवनमा आगलागी भएको छ । समाचार तयार पार्दासम्म भवनबाट १६ जनाको उद्धार गरिएको रुसी आपतकालिन व्यवस्था मन्त्रालयले सोमबार जानकारी दिएको छ । अहिले आगलागी नियन्त्रणमा लिइसकिएको छ ।

आगलागी भवनको चौथो तलामा भएको र आगलागीले ८० वर्गमिटर क्षेत्रफलमा क्षति पुगेको बताइएको छ । समाचार तयार पार्दासम्म आगलागी पूर्ण रूपमा नियन्त्रणमा ल्याइएको मन्त्रालयले जनाएको छ । 

यसैबिच, स्थानीय अधिकारीले प्रारम्भिक जानकारीलाई उद्धृत गर्दै भनेका छन्, ‘आगो लाग्नुको कारण विद्युतीय उपकरणमा आकस्मिक रूपमा समस्या आएका कारण भएको हुन सक्ने देखिएको छ ।’

अधिकारीले आगलागीको कारण स्थलगत अनुसन्धानको नतिजाको आधारमा पछि सार्वजनिक गरिने बताएका छन् । मन्त्रालयका अनुसार अनुसन्धान समितिले आगलागीबारे अनुसन्धान प्रक्रिया सुरु गरिसकेको र यसबारे थप विवरण अनुसन्धानपछि सार्वजनिक गरिने छ ।

यो समाचार पढेर तपाईंलाई कस्तो लाग्यो ?

सम्बन्धित समाचार

थप समाचार