काठमाडौं, फागुन ५ :

काठमाडौँबाट धनगढीका लागि उडेको श्री एयरलाइन्सको जहाज अवतरण हुन नसकेपछि मध्यरातमा काठमाडौँ फिर्ता भएको छ ।

गन्तव्यमा अवतरण हुन नसकेपछि जहाज काठमाडौँ फर्कदा यात्रु अलपत्र परेका थिए । सो जहाजमा रहनुभएका यात्रुसमेत रहनु सञ्चारकर्मी रोयल आचार्यले जहाज अवतरण हुन नसकी काठमाडौँ फर्कदा विमानस्थलमा केहीबेर यात्रुले असन्तुष्टि जनाएको बताए ।

उक्त जहाज धनगढीका लागि काठमाडौँबाट सोमबार राती ९: ४५ बजे उडेको थियो । धनगढी विमानस्थल अवतरणका लागि पटकपटक प्रयास गर्दासमेत सम्भव नभएपछि राति १२ बजे जहाज काठमाडौँ फिर्ता भएको थियो ।

उडानमा चालक दलका सदस्यसहित ८० यात्रु थिए ।