
सप्तरी, फागुन ५ :
पूर्वमन्त्री जितेन्द्रनारायण देव नेपाली कांग्रेसमा प्रवेश गरेका छन् । सप्तरीको राजविराजस्थित कांग्रेस पार्टी कार्यालयमा मंगलबार आयोजित कार्यक्रममा उनी कांग्रेस प्रवेश भएका हुन् ।
विद्यार्थीकालदेखि राजनीतिमा सक्रिय देवले एमाले र मधेसी जनअधिकार फोरम लोकतान्त्रिक हुँदै पुन: कांग्रेसमा फर्किएका हुन् । पूर्वमन्त्री देवले गत माघ १९ मा एमाले परित्याग गरेका थिए ।
जिल्ला सभापति रामदेव साह, उपसभापति रामकुमार यादव लगायतका नेताहरुले देवलाई फूलमाला तथा अबिर लगाएर पार्टीमा स्वागत गरेका थिए। पार्टी प्रवेशपछि नेता देवले गगन थापा नेतृत्वको केन्द्रीय कार्यसमितिप्रति पूर्ण प्रतिबद्धता व्यक्त गर्दै विशेष महाधिवेशनको नवीन नीति आत्मसात् गरेको बताए ।