काठमाडौं, फागुन ६ :

सार्वजनिक शान्ति खलल पुर्‍याउने कसुरमा नेकपा बहुमतका धर्मेन्द्र बास्तोला र विष्णुप्रसाद तिमल्सिनाविरुद्ध मुद्दा चल्ने भएको छ ।

प्रतिनिधिसभा सदस्य निर्वाचन बहिष्कार गरेको पार्टीले हिजो नेपाल बन्द आह्वान गरेपछि हिजो नै प्रहरीको काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालय टेकुको टोलीले बास्तोला र तिमिल्सिनालाई पक्राउ गरेको छ ।

निर्वाचन आयोगले निर्वाचन बिथोल्ने गतिविधिमा संलग्न व्यक्ति,संस्था र समूहलाई नियन्त्रणमा लिन प्रहरीलाई अनुरोध गरेको छ ।

सार्वजनिक शान्ति विरुद्धको गतिविधिमा संलग्न कसुरमा म्याद थपेर कारबाही गर्ने तयारी गरेको प्रहरी स्रोतले जनाएको छ  ।

यसअघि सोमबार भक्तपुरबाट पक्राउ परेका मेडिकल व्यवसायी दुर्गा प्रसाईंलाई पनि यही मुद्दा चलाइएको छ । उनी अहिले हिरासतमै छन् ।