काठमाडौं, फागुन ६ :

राष्ट्रिय स्वतन्त्र पार्टी रास्वपाले आज धनगढीमा चुनावी कार्यक्रम गर्दैछन् । सभा बिहान ११ बजे सुरु हुनेछ ।

सभामा रास्वपा सभापति रवि लामिछाने र वरिष्ठ नेता बालेन्द्र शाहले कार्यक्रममा सम्बोधन गर्दैछन् ।

चुनावी सभाको लागि लामिछाने हिजै धनगढी पुगिसकेका छन् भने साह आज जादैछन् ।

रास्वपाले धनगढीको चुनावी सभालाई सम्बोधन गरेर फागुन ७ गते सुर्खेतमा चुनावी कार्यक्रम गर्न लागेको छ । यसअघि  रास्वपाले जनकपुरमा पहिलो प्रदेश स्तरीय कार्यक्रम गरेको थियो ।