आयोजक सहारा क्लबले १२ वर्षपछि आहा रारा गोल्ड कपको फाइनलमा पुग्न सफल भएको छ ।
कास्कीस्थित पोखरा रंगशालामा बुधबार सम्पन्न सेमिफाइनलमा मनाङ मर्स्याङ्दी क्लबलाई ट्राइबेकरमा ७–६ ले पराजित गर्दै साहरा उपाधि नजिक पुगेको हो।
निर्धारित समयमा दुवै पक्षले गोलका अवसर सिर्जना गरे पनि नतिजा निकाल्न सकेनन्। त्यसपछि खेलको निर्णय पेनाल्टीमार्फत भएको थियो । सुटआउटमा सहाराका खेलाडीहरूले संयमता प्रदर्शन गर्दै निर्णायक अग्रता लिए।
शुसिल लामा,बिक्की चाम्लिङ राई, आशिष गुरुङ, मुकुन्दकुमार नुइरे, शिशिर थापा, विनय तामाङ र प्रशन्न श्रेष्ठले गोल गरे।
मनाङका आशिष श्रेष्ठ, गिडियन नोआ क्येरेमेह, रोनिश ढोके राजभक, दिपेश गुरुङ, ज्ञानबहादुर पुलामी र नवराज गुरुङले गोल गरे।
कप्तान सविन खड्काले भने गोल गर्न सकेनन्।
सहारा क्लबका ताये डायनियल बादारु ‘प्लेयर अफ दि म्याच’ घोषित भए ।
भोली बिहिबार दोस्रो सेमिफाइनलमा जावलाखेल युथ क्लब र आभा एफसी उज्वेकिस्तानबीच हुनेछ ।