
प्रतीकात्मक तस्बिर ।
रौतहट, फागुन ८ :
रौतहटमा शुक्रबार दुई पक्षबीच झडप भएको छ । गौर नगरपालिका- ६ सबगढा टोलमा जन्तीको विषयलाई लिएर दुवै पक्षबीच झडप भएको बताइएको छ । केही व्यक्तिले वैवाहिक समारोहमा इँटा र ढुंगा प्रहार गरेपछि स्थिति तनावग्रस्त बनेको प्रहरीले जनाएको छ।
स्थिति नियन्त्रणमा लिन प्रहरीले दर्जनौं राउन्ड अश्रुग्यास प्रहार गरेको छ । अहिले त्यस क्षेत्रमा ठूलो संख्यामा सुरक्षाकर्मी परिचालन गरिएको र केही सुरक्षाकर्मी घाइते भएको प्रमुख जिल्ला अधिकारी दिनेशसागर भुसालले जानकारी दिए । अहिले अवस्था समान्य बनाउन दुवै पक्षलाई सम्झाउने प्रयास भइरहेको जनाएएको छ ।