
सुनसरीको भोक्राहा नरसिङ गाउँपालिका–४ मा चुनावी कार्यक्रमका क्रममा नेपाली कांग्रेस र राष्ट्रिय स्वतन्त्र पार्टी रास्वपाका कार्यकर्ताबीच झडप भएको छ।
कांग्रेसले आयोजना गरेको कार्यक्रम गर्न नदिने हल्ला फैलिएपछि कांग्रेस कार्यकर्ता आक्रोशित भएका थिए ।
सुनसरी क्षेत्र नम्बर ४ का प्रतिनिधिसभा उम्मेदवार एवं नेपाली कांग्रेसका नेता ज्ञानेन्द्रबहादुर कार्की चुनावी सभालाई सम्बोधन गर्न जाँदै गर्दा बाटोमा रास्वपाका कार्यकर्ताहरूसँग जम्काभेट भएको थियो।
सो क्रममा दुवै पक्षका युवाहरूबीच भनाभन भएको थियो । त्यसपछि केही बेरमै हातहालाहालमा परिणत भएको थियो । दुबै पक्षबीचको विवादले असामान्य रूप लिएपछि प्रहरीले लाठीचार्ज गरेर परिस्थिति शान्त पारिएको प्रहरीले जनाएको छ ।
झडपमा संलग्न व्यक्तिहरू छिमेकी नै रहेको तर राजनीतिक आस्था फरक भएका कारण विवाद उत्पन्न भएको जानकारी दिए।
प्रहरीको हस्तक्षेपपछि अहिले सो क्षेत्रको अवस्था सामान्य रहेको छ । निर्वाचन सुरक्षा व्यवस्थालाई थप कडा पारिएको प्रहरीले जनाएको छ।