रौतहट, फागुन १० :

रौतहटको गौरमा दुई समुदायबीच भएको भनाभन उग्र साम्प्रदायिक दंगामा परिणत भएपछि स्थिति नियन्त्रणमा लिन लगाईएको कर्फ्यू आज बिहान केही खुकुलो पारिएको छ ।

फागुन ७ गतेदेखि बिग्रिएको रौतहटको सुरक्षा व्यवस्था नियन्त्रणमा ल्याउन प्रशासनले सेना परिचालनसँग कर्फ्यु लगाउनु परेको छ ।

तोडफोड, आगजनी र ढुंगा हानाहानका घटना बढ्दै गएपछि प्रशासनले कर्फ्यू जारी गरेको हो ।

बिहान कर्फ्यु खुकुलो हुँदा सर्वसाधारण दैनिक उपभोग्य बस्तु किनमेलमा  निस्किएका छन् ।

आज बिहान ८:३० बजेदेखि पुनः कर्फ्यु कडाइका लाथ लागु हुने र पालना गर्न रौतहट प्रशासनले सूचना जारी गरेको छ ।

प्रहरी प्रशासनले घटना बढाउन भूमिका खेलेको भन्दै २० जनालाई पक्राउ गरिसकेको छ ।

जनमत पार्टीका नेता शेख जमशेदसहित २० जना प्रहरी नियन्त्रणमा रहेको बताईएको छ ।