काठमाण्डौँ , असोज १६ :

सत्तारूढ दल नेपाली काङ्ग्रेसको संसदीय दलको बैठक आज बस्दै छ ।

काँग्रेस संसदीय दलको कार्यसमिति र संसदीय दलको बैठक बस्न लागेको जनाएको छ ।

संसदीय दलको कार्यसमितिको बैठक दिउँसो १ बजे र संसदीय दलको बैठक दिउँसो २ बजे बस्न लागेको हो ।

दुवै बैठक सङ्घीय संसद् भवन नयाँबानेश्वरमा बस्ने काँग्रेस संसदीय दलले जनाएको छ ।