
नवलपरासी, फागुन १४ :
नवलपरासी जिल्लाका राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति महेन्द्र सिंह ठकुरी नेपाली कांग्रेसमा प्रवेश गरेका छन् । प्रतिनिधि सभाको निर्वाचन हुन एक साता बाँकी रहँदा रास्वपा सभापति ठकुरी कांग्रेसमा प्रवेश गरेका हुन् ।
नवलपरासी बर्दघाटको चौपतामा भएको कांग्रेसको चुनावी सभामा उपसभापति विश्वप्रकाश शर्माले ठकुरीलाई खादामालाले स्वागत गर्दै पार्टी प्रवेश गराएका हुन् । ठकुरीले कागजी बाघ रास्वपा छोडेर असली बाघ कांग्रेस रोजेको बताए ।