
काठमाडौं, फागुन १४ :
नेकपा संयुक्तका कार्यवाहक अध्यक्ष घनश्याम भुसालले फागुन २१ गते हुने प्रतिनिधि सभाको निर्वाचनबारे पार्टीका सबै कमिटीका इन्चार्ज र अध्यक्षलाई ५ बुँदे आकस्मिक सर्कुलर जारी गरेका छन्।
उनले सर्कुलरमा पार्टीको राष्ट्रिय सम्मेलन आयोजक कमिटीका सदस्यहरू र समानुपातिकतर्फका उम्मेदवारहरू निर्वाचनसम्म आ आफ्नो कार्यक्षेत्रमा अझ तदारुकताका साथ प्रचार–प्रसारमा लाग्ने, अस्थायी बसोबास, व्यवसाय, रोजगारी वा अन्य कारणले मतदान गर्ने जिल्ला बाहिर रहेका हाम्रो पार्टीका सबै सदस्यहरू मतदान गर्न आ आफ्नो जिल्लामा फर्किनका लागि सूचित गर्ने उल्लेख गरेका छन् ।
आ आफ्नो क्षेत्रका गतिविधिबारे केन्द्रीय कार्यालयलाई जानकारी गराउन समेत निर्देशन दिएका छन्।