
प्रतिनिधिसभाको निर्वाचन आउन अब एक साता मात्र बाँकी रहँदा नेपाली कांग्रेसका निवर्तमान सभापति शेरबहादुर देउवा गएराति सिंगापुर प्रस्थान गरेका छन्।
स्रोतका अनुसार उनी राति पौने १२ बजे आफ्ना सहयोगी भानु देउवासहित त्यसतर्फ लागेका हुन्। उनी स्वास्थ्य उपचारका लागि सिंगापुर गएको स्रोतले जनाएको छ।
यसअघि गत भदौमा भएको जेनजी आन्दोलनका क्रममा आन्दोलनकारीको आक्रमणमा परी घाइते भएका देउवा थप उपचारका लागि सिंगापुर गएका थिए।
विशेष महाधिवेशनले गगन थापालाई सभापति बनाएपछि उनी चुपचाप बस्दै आएका छन् । अन्तिम पटक चुनाव लड्ने इच्छा देखाएका देउवा नेतृत्व परिवर्तन भएसँगै त्यसलाई छाडेर राजनीतिबाट टाढा बस्दै आएका छन् ।
सिङ्गो देश नै निर्वाचनमा होमिएको अवस्थामा पनि देउवा भने पार्टीका कुनै पनि चुनाव प्रचारप्रसारमा देखिएका छैनन् । नेतृत्व परिवर्तप्रति उनी त्यति सन्तुष्ट छैनन्। यहि फागुन २१ गते प्रतिनिधिसभाको निर्वाचन हुँदैछ ।