भक्तपुर, फागुन १७ :

राष्ट्र, राष्ट्रियता, धर्म, संस्कृति र नागरिक बचाउ महा अभियानका संयोजक तथा मेडिकल व्यवसायी दुर्गा प्रसाई पक्राउ पुन: पक्राउ परेका छन् ।

रिहा भएको ५ दिनपछि फेरि उनी पक्राउ परेका हुन् । यसअघि सर्वोच्च अदालतको आदेशमा उनी फागुन १३ मा रिहा भएका थिए ।पछिल्लो समय चुनाव बिथोल्ने भूमिका खेल्ने आशङ्का प्रशासनले उनलाई पक्राउ गर्ने र अदालतको आदेशले छाड्ने गर्दै आएको छ ।

उनलाई भक्तपुर स्थित निवासबाटै पक्राउ गरिएको बताइएको छ ।

प्रसाईलाई जिल्ला प्रहरी परिसर भक्तपुरमा लगिएको छ । उनलाई अनुसन्धानको लागि नियन्त्रणमा लिइएको प्रहरीको भनाई छ ।

प्रसाई विरुद्ध सार्वजनिक शान्ति विरुद्धको कसुरमा म्याद लिएर अनुसन्धान गरिने प्रहरीले जनाएको छ ।