मंगलबार, २७ असोज २०८३ सक्रिय अपडेट सक्रिय सिफारिस
ट्रेन्डिङ
राजनीति

दुर्गा प्रसाईंलाई ५ दिन हिरासतमा राख्न प्रशासनको अनुमति

सक्रिय न्युज संवाददाता सक्रिय न्युज संवाददाता · आइतबार, १७ फागुन, २०८२ मा प्रकाशित
दुर्गा प्रसाईंलाई ५ दिन हिरासतमा राख्न प्रशासनको अनुमति
फाइल तस्वीर ।
भक्तपुर, फागुन १७ :

राष्ट्र, राष्ट्रियता, धर्म संस्कृति तथा नागरिक बचाउ महाअभियानका संयोजक दुर्गा प्रसाईंलाई पाँच दिन हिरासतमा राख्न प्रशासनले अनुमति दिएको छ ।

जिल्ला प्रशासन कार्यालय भक्तपुरले प्रसाईंलाई हिरासतमा राख्न अनुमति दिएको हो । निर्वाचन विरोधी अभिव्यक्ति दिएको आरोपमा प्रसाईंलाई आइतबार भक्तपुरस्थित उनकै निवासबाट पक्राउ गरिएको थियो ।

उनीविरुद्ध शान्तिविरुद्धको कसुरमा अनुसन्धान अघि बढाइएको छ । प्रसाईं पछिल्लोपटक  फागुन ४ मा पक्राउ परेर १३ गते सर्वोच्चको आदेशमा रिहा भएका थिए ।

यो समाचार पढेर तपाईंलाई कस्तो लाग्यो ?

सम्बन्धित समाचार

थप समाचार