शुक्रबार, २० कात्तिक २०८३ सक्रिय अपडेट सक्रिय सिफारिस
ट्रेन्डिङ
#काठमान्डु गोर्खाज#सानदार जित#संसदीय सुनुवाइ शुक्रबार#प्रस्तावित चार न्यायाधीश#मिनेन्द्र रिजाल#कांग्रेसले प्रतिवाद गर्ने#सभापति रवि लामिछाने#लुम्बिनीको उत्कृष्ट जित#सभापति गगनकुमार थापा#पद्माकुमारी अर्याल#सुरक्षा प्रमुख#प्रधानमन्त्रीलाई ब्रिफिङ#स्वदेशी फूल बिक्री#३३ स्थान तोकियो #काठमान्डु गोर्खाज#सानदार जित#संसदीय सुनुवाइ शुक्रबार#प्रस्तावित चार न्यायाधीश#मिनेन्द्र रिजाल#कांग्रेसले प्रतिवाद गर्ने#सभापति रवि लामिछाने#लुम्बिनीको उत्कृष्ट जित#सभापति गगनकुमार थापा#पद्माकुमारी अर्याल#सुरक्षा प्रमुख#प्रधानमन्त्रीलाई ब्रिफिङ#स्वदेशी फूल बिक्री#३३ स्थान तोकियो
समाचार राजनीति

आगामी पाँच वर्ष विकास र सुशासनको समय होः सभापति थापा

· सोमबार, १८ फागुन, २०८२ मा प्रकाशित
आगामी पाँच वर्ष विकास र सुशासनको समय होः सभापति थापा
काठमाडौं, फागुन १८ :

नेपाली कांग्रेसका सभापति गगनकुमार थापाले आगामी पाँच वर्ष विकास र सुशासनको समय भएको बताएका छन् ।

नेपाली कांग्रेस काठमाडौँ क्षेत्र नं ५ र ६ ले आज यहाँ आयोजना गरेको ‘बृहत् चुनावी सभालाई सम्बोधन गर्दै सभापति थापाले कांग्रेसले आगामी पाँच वर्ष विकास र सुशासनमा खर्च गर्न चाहेको बताएका हुन् । “संविधान बनेपछि कानुन बनाउनेभन्दा पनि सरकार बनाउने र टिकाउनेमा समय खेर गयो, आगामी पाँच वर्ष विकास र सुशासनका लागि समय खर्च गर्न चाहन्छौँ,” उनले भने ।

आगामी दिनमा सुशासन कायम गरी शिक्षा र स्वास्थ्य क्षेत्रमा आमूल परिवर्तन गरिने उनको भनाइ थियो । सभापति थापाले घरजग्गा कारोबार, शेयर कारोबार, ठूला उद्योग सञ्चालन नहुँदा देशको अर्थतन्त्र चलायमान हुन नसकेको बताए । कांग्रेसले वार्षिक १० लाख आयआर्जन गर्ने व्यक्तिलाई कर छुट दिने नीति लिएको उल्लेख गरे ।

सभापति थापाले उत्तेजना र घृणाको राजनीतिलाई काठमाडौँ उपत्यकाका जनताले विश्वास नगर्ने र आगामी निर्वाचनमा विवेकको प्रयोग गर्ने उनले विश्वास व्यक्त गरे ।  नेपाली कांग्रेसका तर्फबाट काठमाडौँ क्षेत्र नं ५ मा पार्टीका महामन्त्री प्रदीप पौडेल र क्षेत्र नं ६ मा कांग्रेस काठमाडौँका सभापति सबुजकृष्ण बानियाँ उम्मेदवार छन् ।
 

यो समाचार पढेर तपाईंलाई कस्तो लाग्यो ?

सम्बन्धित समाचार

थप समाचार