शुक्रबार, २० कात्तिक २०८३ सक्रिय अपडेट सक्रिय सिफारिस
ट्रेन्डिङ
#काठमान्डु गोर्खाज#सानदार जित#संसदीय सुनुवाइ शुक्रबार#प्रस्तावित चार न्यायाधीश#मिनेन्द्र रिजाल#कांग्रेसले प्रतिवाद गर्ने#सभापति रवि लामिछाने#लुम्बिनीको उत्कृष्ट जित#सभापति गगनकुमार थापा#पद्माकुमारी अर्याल#सुरक्षा प्रमुख#प्रधानमन्त्रीलाई ब्रिफिङ#स्वदेशी फूल बिक्री#३३ स्थान तोकियो #काठमान्डु गोर्खाज#सानदार जित#संसदीय सुनुवाइ शुक्रबार#प्रस्तावित चार न्यायाधीश#मिनेन्द्र रिजाल#कांग्रेसले प्रतिवाद गर्ने#सभापति रवि लामिछाने#लुम्बिनीको उत्कृष्ट जित#सभापति गगनकुमार थापा#पद्माकुमारी अर्याल#सुरक्षा प्रमुख#प्रधानमन्त्रीलाई ब्रिफिङ#स्वदेशी फूल बिक्री#३३ स्थान तोकियो
समाचार विदेश

इजरायल र हिजबुल्लाहबीको युद्ध जारी,३१ जनाको मृत्यु

लेबनानका ५० भन्दा बढी गाउँका बासिन्दालाई स्थान खाली गर्न इजरायलको निर्देशन
सक्रिय न्युज · सोमबार, १८ फागुन, २०८२ मा प्रकाशित
इजरायल र हिजबुल्लाहबीको युद्ध जारी,३१ जनाको मृत्यु
काठमाडौं, फागुन १८ :

इजरायल र लेबनानस्थित इरान समर्थित लेबनानी सशस्त्र समूह हिजबुल्लाहबीच इरानसँगको द्वन्द्व फराकिलो बन्दै जाँदा गोली बारुदको आदानप्रदान जारी छ।

लेबनानको स्वास्थ्य मन्त्रालयका अनुसार बेरुत र दक्षिणी लेबनानमा भएका इजरायली आक्रमणमा कम्तीमा ३१ जनाको मृत्यु भएको छ भने १४९ जना घाइते भएका छन्।

क्षेत्रभर कथित इरानी आक्रमणहरू पनि जारी रहेका छन् ।बहराइन र दुबईमा विस्फोटको खबर आएको छ भने कुवेत स्थित अमेरिकी दूतावास नजिक धुवाँ देखिएको छ।

आइतबार इरानी मिसाइल आक्रमणले इजरायलको बेइत शेमेश सहरमा नौ जनाको ज्यान लिएको थियो।

यता साइप्रसमा रहेको एक ब्रिटिश आरएएफ सैन्य अड्डामाथि  संभावित ड्रोन आक्रमण गरिएको बेलायती रक्षा मन्त्रालयले जनाएको छ।

अमेरिकाले यसअघि तीन जना अमेरिकी सैनिक कारबाहीमा मारिएको जनाएको थियो तर घटना कहाँ भएको हो भन्ने खुलाइएको छैन।

सोमबार एशियाली बजार खुल्नासाथ विश्वव्यापी कच्चा तेलको मूल्य बढेको छ र खाडी क्षेत्रभर हवाई क्षेत्र बन्द गरिएकाले यात्रा अवरोधहरू पनि जारी छन्।

लेबनानका ५० भन्दा बढी गाउँका बासिन्दालाई स्थान खाली गर्न इजरायलको निर्देशन

इजरायलले आक्रमणको चेतावनी दिँदै लेबनानका ५० भन्दा बढी सहर तथा गाउँका बासिन्दालाई स्थान खाली गर्न निर्देशन दिएको छ।

पहिचान गरिएका क्षेत्रका मानिसहरूले कम्तीमा १ हजार मिटर टाढा खुला स्थानतर्फ सर्नुपर्ने बताइएको छ।

चेतावनी सन्देशमा भनिएको छ, “तपाईंहरूको सुरक्षाका लागि तुरुन्तै आफ्नो घर छोड्नुहोस् र गाउँबाट कम्तीमा १ हजार मिटर टाढा खुला क्षेत्रमा जानुहोस्।”

“जो कोही हिजबुल्लाहका सदस्य, उसका संरचना वा सैन्य सम्पत्तिको नजिक हुन्छ, उसले आफ्नो जीवन जोखिममा पारिरहेको हुन्छ,” चेतावनीमा उल्लेख गरिएको छ।

यो समाचार पढेर तपाईंलाई कस्तो लाग्यो ?

सम्बन्धित समाचार

थप समाचार