शुक्रबार, २० कात्तिक २०८३ सक्रिय अपडेट सक्रिय सिफारिस
ट्रेन्डिङ
#काठमान्डु गोर्खाज#सानदार जित#संसदीय सुनुवाइ शुक्रबार#प्रस्तावित चार न्यायाधीश#मिनेन्द्र रिजाल#कांग्रेसले प्रतिवाद गर्ने#सभापति रवि लामिछाने#लुम्बिनीको उत्कृष्ट जित#सभापति गगनकुमार थापा#पद्माकुमारी अर्याल#सुरक्षा प्रमुख#प्रधानमन्त्रीलाई ब्रिफिङ#स्वदेशी फूल बिक्री#३३ स्थान तोकियो #काठमान्डु गोर्खाज#सानदार जित#संसदीय सुनुवाइ शुक्रबार#प्रस्तावित चार न्यायाधीश#मिनेन्द्र रिजाल#कांग्रेसले प्रतिवाद गर्ने#सभापति रवि लामिछाने#लुम्बिनीको उत्कृष्ट जित#सभापति गगनकुमार थापा#पद्माकुमारी अर्याल#सुरक्षा प्रमुख#प्रधानमन्त्रीलाई ब्रिफिङ#स्वदेशी फूल बिक्री#३३ स्थान तोकियो
समाचार

आज हातहतियारको होडबाजीविरुद्धको अन्तरराष्ट्रिय दिवस मनाइँदै

· बिहीबार, २१ फागुन, २०८२ मा प्रकाशित
आज हातहतियारको होडबाजीविरुद्धको अन्तरराष्ट्रिय दिवस मनाइँदै
काठमाडौं, फागुन २१ :

आज निःशस्त्रीकरण तथा अप्रसार सचेतना अन्तरराष्ट्रिय दिवस हो ।

हातहतियारको होडबाजी नियन्त्रण, आणविक अप्रसार र शान्ति सुरक्षासम्बन्धी चेतनामूलक कार्यक्रमका साथ विश्वका विभिन्न देशमा यो दिवस  मनाइँदैछ ।

संयुक्त राष्ट्रसङ्घको महासभाले ७ डिसेम्बर २०२२ मा यससम्बन्धी प्रस्ताव पारित गर्दै हरेक वर्ष ५ मार्चलाई हातहतियारको होडबाजीविरुद्धको दिवसका रूपमा मनाउने निर्णय गरेअनुसार यो दिवस पहिलो पटक ५ मार्च २०२३ मा औपचारिक रूपमा मनाइएको हो ।

कोभिड–१९ पछिको विश्व परिवेशमा बढ्दो द्वन्द्व, सैन्य खर्चमा वृद्धि तथा आणविक जोखिमका चुनौतीले शान्ति प्रक्रियालाई अझ जटिल बनाएको सन्दर्भमा यस दिवसको महत्व झनै बढेको छ । विज्ञहरूका अनुसार निःशस्त्रीकरण केवल युद्धको अन्त्य मात्र होइन, दिगो शान्तिको आधार  पनि हो । यसले मानव सुरक्षा, आर्थिक विकास र सामाजिक स्थायित्वमा सकारात्मक प्रभाव पार्ने विश्वास राष्ट्रसङ्घले व्यक्त गरेको छ ।

निःशस्त्रीकरण केवल सैन्य वा राजनीतिक मुद्दा मात्र नभई दिगो विकास, मानव अधिकार र साझा समृद्धिसँग प्रत्यक्ष रूपमा जोडिएको विषय हो ।  त्यसैले अन्तरराष्ट्रिय सहकार्य र संवादमार्फत मात्र दीर्घकालीन शान्ति सुनिश्चित गर्नुपर्नेमा जोड दिइएको छ ।

यसै अवसरमा संयुक्त राष्ट्रसङ्घका महासचिव एन्टोनियो गुटेरेसले विश्व समुदायलाई निःशस्त्रीकरणतर्फ ठोस र तत्काल कदम चाल्न आह्वान गरेका छन् । उनले युद्धका लागि होइन, शान्तिका लागि स्रोत र शक्ति परिचालन गर्नुपर्ने आवश्यकता औंल्याउँदै कूटनीतिक संवाद, आपसी विश्वास र बहुपक्षीय सहकार्यलाई सुदृढ बनाउन सदस्य राष्ट्रहरूलाई आग्रह गरेका छन् ।

यो समाचार पढेर तपाईंलाई कस्तो लाग्यो ?

सम्बन्धित समाचार

थप समाचार